“समुदायमा काङ्ग्रेस” अभियान सफल बनाउन गुटबन्दी त्याग्नु पर्छ : नेता कुँवर

सूर्य भुसाल, 
अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीका युवा नेता श्यामबहादुर कुँवरले  पार्टी भित्रको गुटबन्दी अन्त्य गर्न सबै युवाहरू एकजुट हुनुपर्ने बताएका छन् । 

नेपाली काङ्ग्रेसको समुदायमा जनताका कुरा सुन्ने अभियान अन्तरगत जिल्ला का विभिन्न ठाउँहरूमा पुगेका काङ्ग्रेस युवा नेता कुँवरले नेताहरूको बेमेलको कारण कार्यकर्तामा निराशा छाएको बताउँदै गुटबन्दीको नारा बोकेर हिड्ने नेतालाई जनताले तिरस्कार गर्नु पर्नेमा जोड दिए । अर्घाखाँचीका बरिष्ठ व्यवसायी समेत रहेका कुँवरले नेपाली काङ्ग्रेसको संगठन गाउँ टोल बस्तीमा निकै मजबुत रहेको बताउँदै गाउँका जनताले काङ्ग्रेसका नेताहरूबाट ठूलो आशा र भरोसा गरेकोले सोही अनुसार संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरे । 

नेता कुँवरले काङ्ग्रेसले मात्रै जनताको सेवा गर्ने र मुलुकमा लोकतान्त्रिक गणतन्त्र सफल बनाउन सक्ने बताउँदै काङ्ग्रेसका जनप्रतिनिधिहरू विकास निर्माणमा लाग्नु पर्नेमा जोड दिए ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?