पाणिनिको कृष्ण मा. वि.मा पूर्व शिक्षक घिमिरेद्वारा निर्मित सरस्वतीको मन्दिरमा मूर्ति भित्र्याउने कार्य सम्पन्न

अर्घाखाँची ।
पाणिनीको कृष्ण माध्यमिक विद्यालयमा नवनिर्मित सरस्वतीको मन्दिरमा मूर्ति भित्र्याउने कार्य आज सम्पन्न भएको छ। बसन्त पञ्चमी एवं सरस्वती पूजाको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो।

यसै विद्यालयका पूर्व शिक्षक तथा पाणिनी ५ मैदान निवासी दिवाकर घिमिरेको आर्थिक लगानीमा विद्यालय परिसरमा निर्माण गरिएको उक्त मन्दिरमा वैदिक विधि अनुसार वास्तुपूजन लगायत सरस्वती पूजन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा पाणिनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खनाल, पाणिनि गाउँपालिकाका निवर्तमान अध्यक्ष अच्युत गौतम लगायत यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरू एवं विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको भक्तिमय उपस्थिति रहेको थियो। पाणिनीका विभिन्न भजन समूहहरूको आकर्षक प्रस्तुति सहित सरस्वतीको मूर्तिलाई नवनिर्मित मन्दिरमा स्थापन गरिएको छ। श्री पञ्चमी जस्तो पवित्र एवं पावन दिनको अवसर पारेर यस क्षेत्रका नानीबाबुहरूलाई अक्षरारम्भ समेत गराइएको छ।

आज आयोजित कार्यक्रममा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, अभिभावकहरू एवं धर्मप्रेमीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?