व्यवसायसँगै कलाकारिता र समाजसेवा

म्याग्दी जिल्लामा जन्मिएका धन कार्की व्यवसाय र कलाकारीतासँगै सामाजिक काममा पनि झनै सक्रिय छन् । अहिले देशमा केही छैन भन्दै विदेश पलायन हुने युवाहरुको लर्को उस्तै छ । तर देश भित्रै केही गर्नुपर्छ भन्ने सोच भएका युवाहरुको लागि प्रेरणाको स्रोत हुन्।समाचार पोष्टको लागि सफल व्यवसायी तथा मोडल धन कार्कीसँग अभिनव चौहानले गरेको कुराकानी…….

१.तपाईंलाई मोडलिङ्ग गर्ने रहर कसरी जाग्यो?

हामी मानिस बहुआयामिक हुनुपर्छ जस्तो लाग्छ। एउटै काम र एउटै पेसाले मात्रै हामीलाई खुसी नमिल्न सक्छ। शुरुमा आफ्नो आर्थिक स्थिति बलियो बनाउनको लागि व्यवसायलाई रोजे त्यसपछि मन भित्रको रहर पूरा गर्नको लागि मोडलिङ्गलाई पनि अंगाले जुन मेरो सानैदेखिको रहर थियो । यसले मलाई छुट्टै पहिचान बनाउन पनि सहयोग पुग्छ जस्तो लाग्यो । हामी मरेर गएपनि भावी सन्ततिको लागि कुनै कृति छोड्नु पर्छ जस्तो पनि महसुस भयो।

२.पहिलो प्राथमिकता व्यवसायी कि मोडलिङ्ग?
मेरो लागि पहिलो प्राथमिकता व्यवसाय नै हो । यसैबाट मेरो जिन्दगी र परिवार चलेको छ।त्यसैगरी मेरो रहर र आत्मसन्तुष्टिको लागि सामाजिक काम र मोडलिङ्ग पनि गर्दै आएको छु ।जसले गर्दा मलाई खुसी मिलेको छ।सबैको दु:खमा हामीले साथ दिनुपर्छ। हाम्रो सानो सहयोगले अरुको ओठमा हासो ल्याउन सकिन्छ भने त्यसमा हामी पछि हट्नु हुँदैन भन्ने मनसायले गर्दा पनि विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय छु।[su_pullquote align=”right”]सबैभन्दा ठुलो कुरा त आफ्नो पेसा र काम प्रति बफादार हुन आवश्यक छ । जुनसुकै काममा पनि निरन्तर मेहनत गर्न सकियो भने सफल हुन सकिन्छ मैले पनि त्यसै गरेको हो ।[/su_pullquote]

३.अहिले तपाईं सफल व्यवसायीको रुपमा हुनुहुन्छ । यसका लागि के-के कुरा आवश्यक रहेछन् ?
त्यसैगरी हामीले बोल्ने बोली हाम्रो व्यबहार नम्र हुनुपर्छ । जसले गर्दा दोस्रो व्यक्तिलाई आकर्षण गर्न सकिन्छ । त्यसैगरी अर्को महत्त्वपूर्ण कुरा व्यवसायमा कहिले पनि आत्तिनु हुदैन ।

४.अहिले देशमा सम्भावना नदेखेर युवाहरू पलायन हुँदैछन् । देशभित्रै सम्भावना के-के हुन सक्छन् र ऊनीहरुलाई कसरी रोक्न सकिएला?
कामलाई कहिले पनि सानो ठुलो भन्नु हुदैन । सानो भएर काम गर्न सकियो भने यहीँ देश भित्र पनि धेरै सम्भावनाका बाटाहरु छन् । मैले जे जति कमाए त्यति विदेश गएर पनि कमाउन सक्ने थिएन होला । देश भित्र मेहनत गरेर असफल भएका व्यक्तिलाई मात्रै होइन सफल भएका व्यक्तिलाई पनि हेर्ने गरौँ । आफ्नै देशमा सम्भावनाका बाटाहरु खोजौं।राज्यले पनि सीप क्षमता र योग्यता अनुसारको रोजगार र सेवा सुविधाको सिर्जना गर्नुपर्छ ।

५.तपाईंको अबको तयारी के छ ?
आफुले कमाएको कमाईको केही अंश सामाजिक कार्यमा खर्चिने।जसलाई खान लगाउन समस्या परेको छ । उपचार नपाएर छडपटाई रहेका बिरामी छन् । ऊनीहरुलाई थोरै भएपनि सहयोग गर्न सकियोस्।त्यसैगरी नेपाली गीत संगीतलाई पनि निरन्तरता दिन सकियोस् । केही गीत आउने तयारीमा छन् ।

६.अन्तिममा के भन्न चाहानु हुन्छ ?
नेपाली गीत संगीतलाई सबैले माया गरौँ । अफ्ट्यारोमा परेका सबैलाई सहयोग गर्ने बानी बसालौं । त्यसैगरी मेरो राम्रो कामलाई ताली र नराम्रो कामलाई गाली दिन नभुल्नु होला । यो अवसरको लागि तपाईं लगायत सम्पूर्ण टिम प्रति आभारी छु।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?