एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं । नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।

आजको बैठकमा समूहगत रुपमा भएका छलफलका सुझावहरु प्रस्तुत हुने छ । ती सुझावहरु समेटेर सचिवालयले आगामी वर्षका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरणको कार्यक्रम तय गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका थिए ।

पार्टीको शुद्धीकरण र सुदृढीकरणका सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षा सम्बन्धमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणासहितका कार्ययोजना प्रस्तुत गरेका थिए ।

ती कार्ययोजनाको छलफलमा भाग लिएका नेताहरुले पार्टी शुद्धीकरण अभियान नेतृत्व तहबाटै सुरु गर्नुपर्ने धारणा राखेका थिए ।

आगामी वर्ष २०८१ भर पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने तयारी गरेको एमालेले त्यसमा केन्द्रीय कमिटी सदस्यहरुको सुझाव लिन लागेको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?