काङ्ग्रेस भित्रको धार्मिक अभियान कहाँ पुग्ला ?

नेपाली काङ्ग्रेसभित्रको वैदिक सनातन हिन्दु राष्ट्र नेपालको अभियान निकै रोचक र अर्थपूर्ण देखिएको छ । नेपालका राजनीतिक दलहरुले नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरेको पनि आज करिब एक दशक बितिसकेको छ। यसै बिचमा काङ्ग्रेसको एउटा समूहले अभियान सुएउ गरेको छ।

२०७२ सालमा संविधानसभाले संविधान निर्माण गर्दा मुलुकलाई विदेशीहरुको स्वार्थमा धर्म निरपेक्षराष्ट्र बनाइयो भन्ने गुनासो पनि त सुनिएको छ नि! विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरि ८२.७ प्रतिशत जनताको भावना र विश्वास माथि घात गरिएको हुनाले नै मुलुक संकटको घेरामा पर्दै गएको अनुमान लगाउने के गलत हुन् त ? नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए पछि त्यसको मार हिन्दु जनतामाथि परेको छ भन्दा अत्युक्ति नहोला । हिन्दु धर्म परिवर्तन गराउनेहरुलाई छुट दिएको जस्तो देखिएको छ । के धर्म निरपेक्ष राष्ट्र भनेको हिन्दुहरुमाथि एकलौटी विरोध गर्नु मात्र हो त ? नेपालमा बसोबास गर्ने जनतामध्येका ८२ प्रतिशत भन्दा बढी हिन्दु धर्मका हिमायती रहेको सरकारी तथ्यांकले नै देखाइसकेको छ । ती बाहेक बुद्ध धर्म मान्ने, किराँत धर्मावलम्बी, जैन सिख सबै संख्या जोड्ने हो भने ९४ प्रतिशत भन्दा बढी पुग्छ ।

लोकतान्त्रिक व्यवस्थामा बहुमतको कदर गरिनुपर्ने विश्वव्यापी सिद्धान्तलाई उल्लंघन गर्दै षड्यन्त्रमूलक ढङ्गले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको र हिन्दु धर्म परिवर्तन गराउनेहरुलाई कुनै कारबाही नगरिने गरिएकाले गर्दा पछिल्लो समयमा मुलुकमा विभिन्न स्थानमा हिंसा भड्किएको छ । त्यसको प्रमाण हो धरान र सर्लाहीको मलंगवा । जेहोस् यस विषयमा जनताको अभिमत लिएर निर्णय गरिनुपर्ने हो तर त्यस्तो गरिएन ।

अब पनि धर्मका विषयमा पुनर्विचार गर्न कन्जुस्याइँ गरियो भने जनताहरु फरक ढंगले अघि बढ्ने संकेत प्रशस्तै देखिन थालेका छन् । काङ्ग्रेसका केहि सांसदहरुको यो अभियानमा जोडिन नचाहने काङ्ग्रेसकै नेताहरूको भविष्य के हुने हो, त्यो भविष्यले नै बताउला ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?