मलाई संगीत क्षेत्रमा सानैदेखि पागलपन थियो : सन्तोष शर्मा

अर्घाखाँची जिल्लामा जन्मिएका सन्तोष शर्माको माग डान्सिङ गीतमा अलि बढी हुने गरेको पाइन्छ। यस क्षेत्रमा लागि रहँदा उनका आफ्नै दु:ख सुखका कथाहरु पनि प्रसस्तै छन् । उनले डान्स तथा अभिनय गरेका थुप्रै गीतहरु सफलको शिखरमा छन् । तीन चार दर्जन भन्दा धेरै गीतहरुमा डान्स तथा अभियन गरेको भएता पनि आफूले अझै यस क्षेत्रमा धेरै सिक्न बाँकी रहेको कुरा बताउँछन् । समाचार पोष्टको लागि अभिनव चौहानले मोडल तथा डान्सर सन्तोष शर्मासँग गरेको कुराकानी. . . . .

१. संगीत क्षेत्रमा लागेको लगभग कति वर्ष भयो?
मलाई यस क्षेत्रमा सानैदेखि पागलपन थियो । त्यहीँ आफू भित्र भएको पागलपनले नै आज मलाई यो ठाउँमा ल्याएको छ ।डान्स सिकेर मेला महोत्सवमा डान्स गर्न हिडेको त धेरै नै भयो । तर म्युजिक भिडियोमा अभिनय गर्न थालेको लगभग दशवर्ष जति हुन लाग्यो । यस समयावधि भित्र धेरै गीतहरुमा अभिनय तथा डान्स गर्ने मौका पाए ।

२. तपाईंले डान्स गरेका गीत चलेका छन् तर त्यो अनुपातमा तपाईं नचल्नुको कारण के हो जस्तो लाग्छ ?
यो प्रश्नको जवाफ ठ्याक्कै यहीँ नै हो भनेर मलाई थाहा हुने कुरा त भएन तर म कसैलाई मलाई काम दिनुस् भन्दै हिड्ने गर्दिन । सायद यस्तै कारणहरु पनि हुन सक्छन् । मैले काम गरिरहँदा मेरा गीतहरु दर्शकहरुको नजरमा परेपनि गीतमा लगानी गर्ने लगानीकर्ता र गायक सर्जकको नजरमा म नपरेको हुन सक्छु । थुप्रै कामहरु गरिरहँदा मैले काम गरेका केही त्यस्ता कामहरू छन् । जुन मेरा कामहरु हेरेर देखेर अरु कामहरुमा पनि जोडिने मौका पाएको छु ।

३. गीत संगीतमा लाग्दा कला,गला र क्षमता मात्रै नभएर पैसा पनि लाग्ने हो?
सबैभन्दा ठुलो कुरा त आफुसँग क्षमता नै हुनुपर्छ।क्षमता भएकालाई बेला मौकामा अवसरहरु नआउने पनि होईन । तर कहिलेकाहीँ कला, गला र क्षमता हुँदाहुँदै पनि त्यो देखाउने ठाउँ नपाएको हुन सक्छन् । शुरुमा कसैले विश्वास नगर्ने हुँदा त्यस्तो अवस्थामा आफै लगानी गरेर पनि गीतहरु गर्नुपर्ने अवस्था आउन सक्छ।

४. यस क्षेत्रमा थोरै सफल छन् धेरै पलायन हुन्छन ?तपाईंले क्षेत्रमा आफ्नो भविष्य देख्नुहुन्छ?
यहीँ नेपाली गीत संगीतमा काम गर्दै आएको दशकौं बितिसक्यो । आजसम्म यसैमा आफ्नो समय खर्चंदै आएको छु । मेरो धेरै ठुलो सपना र भड्किलो जिन्दगी छैन । सामान्य र साधारण जिन्दगी बिताउनको लागि यहीँ क्षेत्रले पनि पुग्छ भनेर काम गरिरहेको छु ।

यो भन्दा ठुलो सफलता हातमा आउँला नआउँला त्यो आफ्नो ठाउँमा छ । तर मलाई लाग्छ यहीँ हिसाबले पनि यो क्षेत्रमा निरन्तर काम गर्न र बाच्न सक्छु ।

५. अन्तिममा के भन्न चाहानु हुन्छ ?
नेपाली गीत संगीत र मेरो कामहरुलाई सधैं माया गरि दिनुहोला । मैले पनि निरन्तर यहीँ क्षेत्रमा कर्म गरिरहन पाउँ र निरन्तर कर्म गर्न वातावरण बनोस् । आफ्नो कुरा राख्ने यो अवसर दिनु भएकोमा तपाईं लगायत सम्पूर्ण टिम प्रति आभारी छु।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?