भारतको छत्तीसगढमा सरकारी फौजद्वारा नक्सलवादी मारिए

एजेन्सी । मध्य भारतको छत्तीसगढ राज्यमा मंगलबार प्रहरी र अर्धसैनिक बलको संयुक्त दस्ताबीच भीषण गोली हानाहान हुँदा चार नक्सलवादी मारिएका छन्।

छत्तीसगढको राजधानी रायपुरबाट करिब ४०३ किलोमिटर दक्षिणमा रहेको बिजापुर जिल्लाको जंगल क्षेत्रमा सरकारी फौजले खोजी अभियान सञ्चालन गर्दा गोली हानाहान भएको हो।

जंगल क्षेत्रबाट चार नक्सलवादी विद्रोहीको शव फेला परेको र त्यस क्षेत्र आसपास खोजी अभियान जारी रहेको वरिष्ठ प्रहरी अधिकारीले सञ्चार माध्यमलाई जानकारी दिए। घटनास्थलबाट केही हतियार र गोलीबारुद पनि बरामद भएको छ।

आइतबार राज्यको काङ्केर जिल्लाको कोयालिबेडा क्षेत्रको जंगलमा गोली हानाहानमा  तीन नक्सलवादीको मृत्यु भएको थियो।

हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलवादी विद्रोही सक्रिय छन्। विद्रोहका कारण सयौँको मृत्यु भएको बताइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?