सरकारले सदनलाई विजनेशबिहीन बनाएर निकम्मा सावित नगरोस् : प्रदेश सांसद घिमिरे

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले लुम्बिनी प्रदेश सरकारप्रति आक्रामक देखिएका छन् ।

आइतबार प्रदेश सभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा बोल्दै घिमिरेले सरकारले सदनलाई रोक्न चाहेको आरोप लगाए । उनले सदन जनताको निम्ति रहेको बताउदैँ सरकारले विजनेशबिहीन बनाएर सदनलाई निकम्मा सावित नगर्न आग्रह गरे ।

‘सरकार सदनलाई निष्प्रभावी बनाउन चाहान्छ, सदनलाई रोक्न चाहान्छ । सदन निरन्तरताको आवश्यकता छ । जनता आफ्ना समस्यालाई लिएर मुख्यमन्त्रीको जान सजिलो छैन् ।’ घिमिरेले भने– ‘जनताले आफ्ना क्षेत्रका सांसद्हरुबाट आफ्ना आवाज उठाइदिओस् भन्ने चाहान्छन् । जनताको निम्ति हो, यो सदन । त्यसकारण सरकारले यसलाई विजनेशबिहीन बनाएर निकम्मा सावित नगरोस् ।’ घिमिरेले थपे– ‘न त मिनि पार्लामेन्टहरु बस्छन् नेतृत्वको अभावमा, न यो सदन बस्छ । ’

घिमिरेले प्रदेशका मुख्यमन्त्री नै सदनदेखि डराएर भागिरहेको बताए । उनले मुख्यमन्त्रीले सदनमा उठेका आवाजहरु सुन्न नसक्ने बताउदैँ सदनसँग डराएर कति दिन चल्छ ? भन्दै प्रश्न गरे । ‘सदनबाट सरकार भाग्ने कोशिस नगरोस् । मुख्यमन्त्री स्वयं सदनदेखि डराउनुहुन्छ, सदनबाट भागिरहनुहुन्छ, त्रर्सिरहनुहुन्छ । अहिलेका मुख्यमन्त्रीले सदनमा उठेका आवाजहरु सुन्न सक्नुहुन्न् । उहाँ, सदन नै नबसोस् भन्ने चाहानुहुन्छ ।’ घिमिरेले आक्रोशित हुदैँ भने– ‘सरकार यसरी सदनसँग डराएर कति दिन चल्छ ? सरकारसँग यो मेरो प्रश्न छ । सरकारमा बस्नेले सदन सुन्न सक्नुपर्छ ।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?