धतिवाङमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, कालिका आवि प्रथम

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउपालिका वडा नं.धातिवाङमा हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको छ । 

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा वडाभित्र रहेका आधारभूत तह (१–३) स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको हो । पाणिनि पत्रकार समाज नेपालको आयोजना तथा पाणिनि गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा कालिका आधारभूत विद्यालय प्रथम, सूर्योदय आधारभूत विद्यालय द्वितीय,  धातिवाङ्ग माध्यमिक विद्यालय तृतीय, सीता आधारभूत विद्यालय सान्त्वना भएका छन् । यो सँगै प्रथम, द्धितिय, तृतीय र सान्त्वना विद्यार्थीहरूले क्रमश ८ हजार, ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन भने सहभागि विद्यालयले १ हजार  पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा पाणिनि पत्रकार समाज नेपालका अध्यक्ष प्रकाश प्युठानीको अध्यक्षता, वडा अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडाका जनप्रतिनिधि, कर्मचारी, पार्टी प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, सिद्धेश्वर सहकारी संस्थाका व्यवस्थापक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा ५ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष कृष्ण पौडेलले हाजिरीजबाफ प्रतियोगिता जस्तै अन्य शैक्षिक कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताए । उनले वडाको समग्र विकासमा आफू लागि परेको भन्दै त्यसमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

कार्यक्रममा वडा सचिव राजन महत्रा, अमर आधारभूत विद्यालयका प्रधानाध्यापक हिमलाल पौडेल, धातिवाङ माविका शिक्षक मेघनाथ पौडेल, नेपाली कंग्रेसका वडा सचिव हुमा पौडेल, नेकपा एमालेबाट गोमा पौडेल लगायतले मन्तव्य राख्दै यस्ता खालका प्रतियोगितालाई वडाले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

May be an image of 3 people

May be an image of 5 people, dais, hospital and text

May be an image of 8 people and text

May be an image of 3 people, people studying, dais and text

May be an image of 9 people, hospital, dais and text

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?