नेपाल हङकङसँग ७३ रनले पराजित

काठमाडौं । मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ।

मोङ ककमा घरेलु टोली हङकङले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० बल बाँकी छँदै १ सय ३९ रनमा समेटियो।

१० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको नेपाल त्यसपछि लगातार विकेट गुमाउँदै धराशायी बन्न पुगेको थियो।

नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक ४२, आरिफ शेखले ३८, र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

गुल्सन झाले ८, रासिद खानले ३,  कुशल भुर्तेल, र आकाश चन्द र सन्दीप जोराले २/२ रन बनाउँदा विवेक यादव एक र प्रतिस जिसि शून्यमा आउट भए। नेपाललाई सस्तैमा समेट्न हङकङका ऐजाज खानले सर्वाधिक ४ विकेट लिए। इसान खानले ३,नसरूल्ला राना, अतिक इकवालले एक/एक विकेट खसाले।

यसअघि टस हारेर पहिला ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रनको विशाल योगफल बनाएको हो।

१७ छक्का र १३ चौका प्रहार गरेको हङकङका बाबर हायातले शतकीय पारी खेले। ४९ बल खेलका उनले १३ छक्का र ३ चौका प्रहार गर्दै १ सय १० रनको महत्वपूर्ण योगदान गरे।

नेपालका लागि आकाश चन्दले ३, रासिद खान, प्रतिश जिसि र आरिफ शेखले समान एक/एक विकेट लिए। टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ गएको हो।

सिरिजको पहिलो दिन आइतबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ । यस्तै नेपालले फागुन २९ गते पपुवान्युगिनीसँग दोस्रो खेल खेल्ने तालिका छ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।

आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?