नेपाल हङकङसँग ७३ रनले पराजित

काठमाडौं । मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ।

मोङ ककमा घरेलु टोली हङकङले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० बल बाँकी छँदै १ सय ३९ रनमा समेटियो।

१० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको नेपाल त्यसपछि लगातार विकेट गुमाउँदै धराशायी बन्न पुगेको थियो।

नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक ४२, आरिफ शेखले ३८, र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

गुल्सन झाले ८, रासिद खानले ३,  कुशल भुर्तेल, र आकाश चन्द र सन्दीप जोराले २/२ रन बनाउँदा विवेक यादव एक र प्रतिस जिसि शून्यमा आउट भए। नेपाललाई सस्तैमा समेट्न हङकङका ऐजाज खानले सर्वाधिक ४ विकेट लिए। इसान खानले ३,नसरूल्ला राना, अतिक इकवालले एक/एक विकेट खसाले।

यसअघि टस हारेर पहिला ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रनको विशाल योगफल बनाएको हो।

१७ छक्का र १३ चौका प्रहार गरेको हङकङका बाबर हायातले शतकीय पारी खेले। ४९ बल खेलका उनले १३ छक्का र ३ चौका प्रहार गर्दै १ सय १० रनको महत्वपूर्ण योगदान गरे।

नेपालका लागि आकाश चन्दले ३, रासिद खान, प्रतिश जिसि र आरिफ शेखले समान एक/एक विकेट लिए। टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ गएको हो।

सिरिजको पहिलो दिन आइतबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ । यस्तै नेपालले फागुन २९ गते पपुवान्युगिनीसँग दोस्रो खेल खेल्ने तालिका छ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।

आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?