रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एकपटक छलफल राखिएको रास्वपाले जनाएको छ । ‘पार्टीको एउटा फोर्स मन्त्रालयमा केन्द्रित हुने, एउटा फोर्स संसदमा केन्द्रीत गर्न लागेको र अर्को फोर्स पार्टीका अन्य काममा लगाउँदै छौं,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले भने,’चार जना मन्त्रीसँग नियमति अब छलफल गछौं । हामीले सम्हालेका मन्त्रालयमा प्रभावकारी कार्य गर्नका लागि पार्टीसँगको छलफल राखेका हौं ।’

मन्त्रीसँगको छलफलमा उपसभापति डा. स्वणिर्म वाग्ले र महामन्त्री ढकाल सहभागी हुनेछन् ।

पार्टी सभापति रवि लामिछानेको रास्वपामा सरकारमा सहभागी भएको छ । सभापति रविले गृह, उपसभापति डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?