पीएनजीसामु नेपालकाे १९९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं :  त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १९९ रनको लक्ष्य दिएको छ। हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले पीएनजीलाई जितका लागि १९९ रनका लक्ष्य दिएको हो।

हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। उनले टी–ट्वेन्टी आइमा एक हजार रन पूरा गरे।

त्यस्तै सन्दीप जोराले ५६ रनको योगदान दिए। निकै आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए। त्यस्तै विनोद भण्डारीले २७ रनको योगदान गर्दा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए।

आरिफ शेख ४ रन बनाएर पेभिलियन फर्किदा लोकेश बमले १४ रन बनाए। गुल्शन झा १९ रन बनाएर क्रिजमा रहँदा विवेक यादव १९ रन बनाएर नटआउट रहे।  पीएनजीका लागि कप्तान अशद भलाले २ विकेट लिए।

यो खेल जित्ने टोली फाइनल प्रवेश गर्ने हुँदा दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ। नेपाल र घरेलु टोली हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।​

पीएनजीले आजै पौने १२ बजे हुने अर्को खेलमा हङकङको सामना गर्ने छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?