३ महिने शक्तिशाली महायज्ञ बुटवल बासिका लागि राम्रो सङ्केत: नगर प्रमुख पाण्डे

सुजीता श्रेष्ठ,
बुटवल ।
बुटवल उपमहानगरपालिका धार्मिक पर्यटकीय तीर्थस्थल श्री नीलकण्ठ बाबाधाम तथा श्री सन्तोषीमाता गुरुकुल विद्याश्रममा सन्चालन भईरहेको पौष १ गते देखि नेपालकै‌ इतिहासमा पहिलो पटक ३ महिने श्री शिवशक्ति, ११अतिरुद्री, अयुतचण्डी, राष्ट्रियकल्याण महायाग आज ९१ औं दिनमा आइतबार सम्पन्न भएको छ ।

पौष १ गतेदेखि सन्चालन भईरहेको ३ महिने शक्तिशाली महायज्ञको आज आईतबार ९१‌दिनमा पूर्णा आहुति तथा विधिवत रुपमा सम्पन्न भएको छ।संस्कृत र संस्कृतिको जगेर्ना सँगै हिन्दू सनातन धर्मको रक्षा र राष्ट्र कल्याणका लागि गरिएको ३ महिने महायज्ञ बुटवलबासीका लागि राम्रो सङ्केत रहेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बताए।

बुटवल उपमहानगरपालिका वडा नं ७ मा अवस्थित धार्मिक पर्यटकीय तीर्थस्थल श्री नीलकण्ठ बाबाधाम तथा श्री सन्तोषीमाता गुरुकुल विद्याश्रममा नेपाल कै ईतिहासमा पहिलो पटक भएको श्री शिवशक्ति,११ अतिरुद्री,अयुतचण्डी राष्ट्रकल्याण महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र शाह लगाएत १ लाख ५० हजार भक्तजनहरुले दर्शन गरिसकेका छन् । नेपालमै पहिलोपटक हुन लागेको यस पवित्र धार्मिक अनुष्ठानमा सम्पूर्ण परिवार सहित उपस्थित भई पुण्य लाभ गरि महायज्ञलाई ‌सफल‌ बनाउने भक्तजनहरु, गरु लगाएत महायज्ञमा‌ खटिने सम्पूर्णलाई श्री नीलकण्ठ बाबाधाम तथा श्री सन्तोषीमाता गुरुकुल विद्याश्रमका‌ उपाध्यक्ष चुडामणि पौडेलले धन्यबाद ब्यक्त गरे ।

महायाग समापन समारोहमा बोल्दै यज्ञ आचार्य डा.राजेन्द्र रेग्मीले राम्रो वातावरण प्रदान गरी यज्ञ सफल रुपमा समापन गरेकोमा मूल आयोजक यज्ञ सम्पादन समितिलाई धन्यबाद दिए ।

यज्ञमा आचार्य हाकिम भण्डारी वशिष्ठ लगाएत १२१ जना ब्राह्मण हरुको सहभागिता रहको यज्ञ कार्य सम्पादन मूल समितिले जानकारी दिएको छ । यसै गरि महायागमा दैनिक नित्य पूजा, अतिरुद्री, देवि भागवत,शिवपूराण,गणेशपुराण,सुर्यपूराण, विष्णुपुराण,चार वेद पाठ, अयुतचण्डी तथा हवन गरिएको र दैनिक ३ पटक आरती र टिका प्रसाद वितरण गरिएको ,११ अतिरुद्रि शान्ति अभिषेक, तुलादान, चौरासी पूजन, लक्ष्यवती प्रज्वलन,धनधान्यांचल तथा तण्डुलाचल, आदि गरि २०८० चैत्र ४‌ गते महायागको पुर्णाहुती तथा तिलक प्रसाद वितरण गरि महायाग समापन गरिएको यज्ञ कार्य सम्पादन मूल समितिले जानकारी दिएको छ । महायाग अवधिभर अतिरुद्री ११ पटक पाठ, देवि भागवत ९ पटक पाठ, शिवपुराण ११ पटक पाठ गणेशपुराण, ५ पटक पाठ हुने,सुर्यपूराण ५ पटक पाठ, विष्णुपुराण ७ पटक पाठ, ४ जना वेदाचार्यद्वारा चारैवेद पाठ सँगै, चण्डी ११००० पटक पाठ, दैनिक हवनादि कार्य समेत भएको यज्ञ कार्य सम्पादन मूल समितिले जनाएको छ। समितिले यज्ञमा अनुमानित ४ करोड खर्च भएको जानकारी दिएको छ । यज्ञमा दान दाता र भक्तजनहरूले अवलोकन सँगै दर्शन गरि यज्ञ सफल पार्ने सम्पूर्णलाई आर्थिक उपसमिति संयोजक लेखबहादुर कार्कीले धन्यबाद ब्यक्त गरे ।

यस निलकण्ठ बाबाधाम तथा सन्ताेषी माता गुरुकुल विद्या आश्रममा कक्षा ६ देखि कक्षा १२ सम्म पठनपाठन हुने गुरुकुलमा हाल ७५ जना छात्र बटुक हरुले अध्ययन गरिरहेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?