तेह्रथुमको फेदापमा लागेको आगलागी नियन्त्रणमा : १७ वटा घर जले

काठमाण्डौ । तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।

प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेर आगो निभाइएको फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट १७ वटा घर र दुईवटा गोठ जलेका छन् । गाउँको पुछारमा रहेको वनमा दिउँसो अचानक शुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो । आगलागीमा मान्छे बसोबास गर्दै गरेका १० वटा र मान्छे नबसेका अरु ७ वटा घर जलेका छन् । धेरै सङ्ख्यामा पशु चौपाया र धनसम्पत्ति पनि जलेका गाउँपालिकाका अध्यक्ष भेटवालले बताए ।

आगलागीमा नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत धनसम्पत्ति नष्ट भएको पीडितले बताएका छन् । आगलागी पीडितलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले जानकारी दिए ।

यसैगरी पाँचथरकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा हिजो बेलुकी लागेको आगो पनि नियन्त्रणमा आएको छ । आगलागीबाट दुईवटा घर जलेका र राति नै आगो निभाइएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?