गाजामा इजराइलको आक्रमण : ज्यान गुमाउनेको संख्या ३२ हजार २०० नाघ्यो

एजेन्सी । गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार २२६ प्यालेस्टिनीको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिनुका साथै १०४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै मृत्यु हुनेको सङ्ख्या ३२ हजार २२६ पुगेको मन्त्रालयले विज्ञप्तिमा जनाइएको छ।  घाइतेको संख्या ७४ हजार ५१८ पुगेको छ।

स्थानीय घाइते र प्रत्यक्षदर्शीका अनुसार इजराइली सेनाले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रका विभिन्न स्थानमा हवाइ र जमिन आक्रमण गरेको थियो।

‘मध्य गाजा क्षेत्रको देर अल–बालाह सहरमा एउटा घरलाई लक्षित गरी गरिएको आक्रमणमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन्’, स्रोतले भनेको छ, ‘घाइतेलाई अल–अक्सा अस्पतालमा सारिएको छ, इजराइली तोपखानाले गाजा क्षेत्रको दक्षिणमा रहेको ‘खान युनिस शहरको’ दक्षिणपूर्वी क्षेत्रहरूमा पनि बमबारी गरेको छ र धेरै मानिस घाइते भएका छन्।’

शिफा कम्प्लेक्समा चलिरहेको लडाइँमा २१ वर्षीय सैनिकको मृत्यु भएको इजराइली सेनाले विज्ञप्तिमा जनाएको छ। गाजामा भूमिगत अपरेसनमा मर्ने इजराइली सैनिकको सङ्ख्या २५१ पुगेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?