क्यानडामा सिख नेताको हत्या आरोपमा तीन जना भारतीय नागरिक पक्राउ

एजेन्सी । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । सिख नेता ४५ वर्षका हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह रहेका छन् ।

हिजो पक्राउ परेका उनीहरु तीनदेखि पाँच वर्ष क्यानडामा रहेको प्रहरीले जनाएको छ । सिख पृथकतावादी नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेपछि दुई देशबीच ठूलो कूटनीतिक विवाद उत्पन्न गरेको बीबीसीले जनाएको छ । निज्जरको अघिल्लो वर्ष जुन १८ तारिखमा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको एक सिख मन्दिर बाहिर गोली हानी हत्या भएको थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारत सरकारको संलग्नता हुनसक्ने आरोप लगाएपछि त्यसबेलादेखि नै कूटनीतिक विवाद बढेको थियो । तर दिल्लीले यो आरोपलाई अस्वीकार गरेको छ । हत्यामा अरु पनि संलग्न हुन सक्ने र थप पक्राउ वा मुद्दा लाग्न सक्ने क्यानडाको प्रहरीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?