मौसममा क्रमिक सुधार, आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । आजदेखि मौसममा क्रमिक सुधार भएको छ । यतिबेला गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ ।

दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी भेगका थोरै ठाउँमा र तराईका एक, दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद चिरञ्जीवि भेटवालकाअनुसार हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन । हिजो कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षा भएको थियो । अघिल्लो हप्ता आइतवारदेखि लगातारजसो पानी परिरहेको छ ।

हिजोको तुलनामा आज कम र आजको तुलनामा भोलि कम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पर्सि बुधवार धेरै ठाउँको मौसम सफा रहनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?