जापानीको कम्पनी तोसिबाले चार हजार नोकरी कटौती गर्ने

एजेन्सी । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले चार हजार नोकरी कटौती गर्ने भएको छ ।

तोसिबाले कम्पनी पुनर्संरचना कार्यक्रमअनुसार आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ । कम्पनीमा आएको सङ्कटलाई ध्यानमा राखी गएको डिसेम्बरमा एउटा सङ्गठनले निजीरूपमा कम्पनीको अधिग्रहण गरेपछि यस्तो घोषणा गरिएको हो ।

त्यही बेला कम्पनीको सेयरहरू डिलिस्टिङ अर्थात स्टक मार्केटबाट हटाईएको थियो । यस योजना अन्तर्गत मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीलाई स्वेच्छिकरूपमा सेवानिवृत्त गर्ने प्रस्ताव गरेर नोभेम्बरसम्ममा कर्मचारीहरूको सङ्ख्या घटाइने उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

व्यवस्थापनको यो कठिन निर्णय भए पनि तोसिबाको पुनःप्राप्ति र वृद्धिको मार्गमा फर्काउन यो उपाय आवश्यक रहेको तोसिबाले जनाएको छ । जापानमा व्यापक स्तरमा कर्मचारी कटौती दुर्लभ छ तर पछिल्लो समय शीघ्र सेवानिवृत्ति योजना वा स्वेच्छिक अतिरिक्तताको यस्तो प्रयोग तीव्रताका साथ बढेको पाइन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?