रफाहमा इजराइलको आक्रमण, २१ जनाको मृत्यु

गाजाको रफाहमा विस्थापितको शिविरमा भएको पछिल्लो इजराइली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ।

आक्रमणमा ६४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ।

गाजाका स्थानीय अधिकारीहरूका अनुसार आइतबार इजराइली आक्रमणमा दक्षिणी गाजा पट्टी सहरमा भीडभाडयुक्त शिविरमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएपछि विश्वव्यापी आक्रोश बढेको थियो। यो घटनाबारे प्रतिक्रिया दिँदै अमेरिकाले भने हमासले हतियार भण्डारण गरेका कारण आगलागी भएको हुनसक्ने बताएको छ।

आइतबारको आक्रमणलाई लिएर विश्वव्यापी आक्रोश बढिरहेका वेला इजरायले पुनः रफाहमा आक्रमण गरेको हो। राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सीका अनुसार इजरायलले रफाहमा लगातार आक्रमण गर्न थालेपछि करिब १० लाख नागरिक अन्यत्र सरेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?