गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

सर्वोच्च अदालतको परमादेश बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

उनी प्रदेशसभामा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम नियुक्त भएका हुन्।

तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मत सर्वोच्च अदालतले अवैध ठहर गर्दै उपधारा (३) बमोजिम पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

अब दोस्रोपटक मुख्यमन्त्री नियुक्त पाण्डेले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ। त्यसबेला विश्वासको मत नपाएको अवस्थामा उपधारा ५ बमोजिम अन्तिम विकल्पमा सरकार गठन हुनेछ।

सत्ता गठबन्धन फेरिएसँगै पाण्डेलाई पनि विश्वासको मत नपुग्ने देखिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?