प्लस टू उतिर्ण विद्यार्थीहरुलाई DOS द्वारा सम्मान तथा बधाई

नेपालमै पहिलोपटक करिब ५ बर्षअगाडि Professional Accounting Training कोर्सको बिकास गरि युवाहरूलाई स्वरोजगार बनाउने महाअभियान सहित सन्चालन भएको Dos Multiservice प्रालीले आज अम्रमाली कटेज बुटवलमा बृहत कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई धन्यवाद तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ।

Professional Accounting Training लिदै गरेका ५३ जना विद्यार्थीको उपस्थिति, पुर्व उत्कृष्ट पाँच विद्यार्थीको बिशेष उपस्थितिको बिच हालतालिम लिदै गरेका विद्यार्थीले कक्षा १२ उतिर्ण गरेकोमा बधाई तथा सबैभन्दा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ भने तालिम लिईसकेर यहि बजारमा विभिन्न सस्थामा कार्यरत विद्यार्थीहरुलाइ धन्यवाद पत्र प्रदान गरिएको छ।

बिबिध सास्कृतिक कार्यक्रम सहित सन्चालन भएको कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक प्रमुख अथितिको रुपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अथिती पाठकले विद्यार्थीहरुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्राक्टिकल गराई सक्षम जनशक्ति तयार गर्नुपर्ने आजको आवस्यकता रहेको र उक्त कुरालाई DOS ले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे । विद्यार्थीले यो समाज परिवर्तनको लागि अब पहल लिनुपर्ने र आजको बिज्ञान प्रबिधिको समयलाई चिनेर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा बिशिस्ट अथिति घनश्याम चापागाईंले युवाहरूलाई मोटिभेसन गरे । यो भने समाजसेवी बिमलराज भट्टराईले डसले थालेको यो अभियानमा साथ दिदै सीपयुक्त जनशक्तिको बजारमा अहिले पनि ज्यादै अभाव रहेको बताए । कार्यक्रमको अध्यक्षता डसका प्रेसिडेन्ट सुन्दर पाण्डेले गरेका थिए ।

विद्यार्थीहरुको निकै प्रतिभाहरुको प्रस्तुति भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी कबित भट्टले गरेका थिए भने तुलसी भट्टराई, प्रीती रायमाझीले साङ्गितिक मनोरञ्जन प्रदान गरेका थिए। डसले पुर्व विद्यार्थीहरु, दीपक भन्डारी, झरना राना, सुरज ज्ञवाली, समीर पान्डे, शारदा श्रेष्ठ, रबिन रिजाललाई विभिन्न बिधागत सम्मान गरेको छ।

प्रोफेसनल अकाउन्टिङ तालीम सन्चालन गर्ने, युवाहरूलाई स्वरोजगार बनाउने अभियानको थालनी गर्ने सस्थाका म्यानेजिङ डाइरेक्टर छबिलाल डुम्रेले कार्यक्रमको समन्वय तथा सन्चालन गरेका थिए । कार्यक्रममा पुर्व विद्यार्थीहरुले आफुले डसबाट पाएको तालिम र त्यसपछिका दिनहरूबारे आफ्नो धारणा राखेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?