टी–२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख रुपैयाँ दिने

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध दिने निर्णय गरेको छ । क्यानको हिजो बसेको कार्यसमितिको बैठकले १५ जना खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

अमेरिका र वेष्ट इण्डिजमा भएको आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकपमा सहभागी मुख्य प्रशिक्षकलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय पनि बैठकले गरेको छ । अन्य सपोर्ट स्टाफले भने जनही १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता पाउने भएका छन् ।

क्यानले प्रत्येक प्रदेशका २ जना महिला र ३ जना पुरुष खेलाडी गरी देशका सबै ७ प्रदेश क्रिकेट सङ्घका कुल ३५ जना प्रादेशिक खेलाडीलाई १५ हजार रुपैयाँ मासिक तलब पनि दिने भएको छ । म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारे भने क्यानले आईसीसीको निर्देशन पर्खेको छ ।

निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आलमको फुकुवाबारे आईसीसी एन्टी करप्सन युनिटमा पेस गरी त्यहाँबाट प्राप्त निर्देशनअनुसार सङघबाट निर्णय गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभएको छ ।

क्यानले आउँदो नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाण्डौमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ टोलीको सहभागिता रहने पनि जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?