पाणिनी : दोस्रो अध्यक्ष कप रनिङसिल्ड भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

अर्घाखाँची । पाणिनी गाउपालिकाको आयोजनामा हुन गई रहेको दोस्रो अध्यक्ष कप रनिङसिल्ड भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

गाउपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्र्दै सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । पाणिनि भलिवलको हव, खेलाडि प्रोत्साहनको लागि अध्यक्ष कप भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै पाणिनि गाउपालिकाका अध्यक्ष टेकराज न्यौपानेले खेलाडिहरुको प्रोत्साहन तथा विकासका लागि यो प्रतियोगिता आयोजना गरीएको बताए । उनले यो आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेर विगतको वर्ष जस्तै कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

कार्तिक २८ गतेदेखि सुरु हुने प्रतियोगितामा कार्तिक ३० गतेसम्म संचालन हुने पालिकाले जनाएको छ । पाणिनी गाउँपालिकामा भलिवल खेल प्रति रुचि राख्ने धेरै भएको र खेलाडिहरुको मनोवल उच्च राख्न अध्यक्ष कप आयोजना गरिएको पाणिनि गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले विगतमा पनि गाउपालिकाका खेलाडिहरुले जिल्ला स्तरमा उत्कृष्ट नतिजा निकालेको भन्दै खेलाडि उत्पादनमा सहयोग पुग्नेगरी आयोजना गरेको बताए ।

खेल प्रतियोगितालाई ब्यवस्थित बनाउनका लागि समिति गठन गरेर तयारि तिब्र पारीएको थियो । अफिसियल रेफ्रि तथा अन्य आवश्यक प्राविधिक पक्षको तयारी पुरा भएको कार्यक्रमका संयोजक तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खनालले जानकारी दिए ।

दर्गाफाट स्थित बरका रुख खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाद्वारा हुने भएको छ । प्रतियोगितामा प्रथम हुने समुहले ५० हजार ट्रफि मेडल र प्रमाणपत्र, द्धितिय हुनेले २८ हजार ट्रफि मेडल र प्रमाणपत्र, तृतीय हुनेले १५ हजा।र ट्रफि मेडल र प्रमाणपत्र र सान्तवना समुहले १० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने अन्य विदामा समेत पुरस्कारको ब्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा ७ वटा वडा र १ गाउपालिकाका कर्मचारी सहित ८ वटा समुहको सहभागिता रहने संयोजक खनालले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?