पाणिनी : दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप रनिङ सिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ ।

पाणिनि भलिवल्को हब, खेलाडी प्रोत्साहनका लागि अध्यक्ष कप भन्ने मुल नारा सहित आयोजित खेलको बुधबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाले गर्नुभएको हो । कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख कोइराला, पाणिनी गाउपालिकाका अध्यक्ष टेकराज न्यौपाने, सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठ, छत्रदेव गाउपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला खेलकुद बिकास समिती अर्घाखाँचीका अध्यक्ष बिष्णु क्षेत्री, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, पालिका स्थरी बिद्यालय्का प्रधानाध्यापक तथा शिक्षक, पत्रकार, विभिन्न वडाका जनप्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रतिनिधी, खेलाडि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । 

उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले खेलाडिको प्रोत्साहन र खेलको बिकासका लागि आयोजना गरिएको प्रतियोगिताको भब्य सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए । पाणिनीलाई खेलको माध्यमबाट चिनाउन विभिन्न बिधाका खेल प्रतियोगिता आयोजना गरिने गाउपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताए । यो प्रतियोगिताले खेलाडिहरुको क्षमाता बिकास साथै स्तरौन्नतिमा सहयोग पुग्ने भन्दै यसले खेलाडी उत्पादन समेत सहयोग पुग्ने बिश्वास लिएको उनको भनाई थियो ।

कार्यक्रममा पालिका अध्यक्ष टेकराज न्यौपाने, सन्धिखर्क नगर प्रमुख कृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु क्षेत्री लगायतले मन्तब्य राखेका थिए ।

बरकारुख खेल मैदानमा भएको प्रतियोगिता ३० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ८ टोलिको सहभागिता रहेको छ ।

यस्तै आज भएको पहिलो खेलमा पटौटिले खिदिमलाई २-१ को अन्तरले हराएको छ । दोश्रो खेलमा पणेनाले कर्मचारी समुहलाई २-० को सोझो सेटमा हरायो भने आजको अन्तिम खेलमा मैदानले धातिवाङ्गलाई २-० को सोझोसेटमा हराएको थियो । प्रतियोगिताका अन्य खेल भोलि बिहान ८ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?