छैटौँ अर्घाखाँची कृषि एवं पर्यटन तथा औद्योगिक महोत्सवको तयारी तीव्र

अर्घाखाँची । सन्धिखर्कमा छैटौँ अर्घाखाँची कृषि एवं पर्यटन तथा औद्योगिक महोत्सव हुने भएको छ । 

उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको कुरेले फाँटमा पुस २९ गतेदेखि माग १२ गते सम्मको लागि महोत्सव हुन लागेको हो । जिल्लाको समग्र कृषि, पर्यटन, र औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्दै स्थानीय उत्पादन, कला, संस्कृति, र परम्परालाई व्यापक रूपमा उजागर गर्न छैटौँ अर्घाखाँची कृषि, पर्यटन तथा औद्योगिक महोत्सव आयोजना हुने भएको आयोजकले जनाएको छ ।

पुस २९ गतेबाट हुने महोत्सवको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक समितिले जानकारी दिएको छ। महोत्सवको उद्‌घाटन उच्चस्तरीय लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक र उद्यमीलाई प्रोत्साहन, पर्यटकीय सम्भावनाहरूको उजागर, र स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउनु रहेको छ। महोत्सवले कृषि र उद्योग क्षेत्रको विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

महोत्सवमा कृषि र घरेलु उद्योगसँग सम्बन्धित विभिन्न प्रदर्शनीहरू, सांस्कृतिक कार्यक्रमहरू, खेलकुद, स्थानीय परम्परागत कला र सङ्गीत प्रदर्शन, तथा विभिन्न हस्तकला र आधुनिक प्रविधिको प्रदर्शन गरिनेछ। महोत्सवमा ३ सय ५० स्टल रहने र जसमध्ये  स्थानीय कृषक, उद्योगी, व्यवसायी, महिला उद्यमी, पर्यटन व्यवसायी, र युवाहरूलाई आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्न निशुल्क प्रदान गरिने सङ्घका अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए उनका अनुसार स्थानीय व्यापारीलाई ५० प्रतिशत छुटमा स्टल उपलब्ध गराइनेछ । महाेत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूकाे सहभागितामा सास्कृतिक कार्यक्रमका साथै, स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्न विशेष कार्यक्रमहरू आयोजना गरिनेछ।

महोत्सवले अर्घाखाँची जिल्लाको कृषि उत्पादन, पर्यटकीय सम्भावना, र औद्योगिक विकासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। महोत्सवले स्थानीय समुदायलाई आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्न प्रेरित गर्नेछ। 

महोत्सव ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सव अवधिभर ५ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ । अर्घाखाँचीवासीलाई महोत्सवमा उत्साहजनक सहभागिता जनाउन आयोजकहरूले अपिल समेत गरेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?