समाचारपोष्ट डटकमको चौथो वार्षिकोत्सव : पत्रकारितामा हाम्रो प्रतिबद्धता

समाचारपोष्ट डटकमले तीन वर्षको यात्रा पूरा गरी चौँथो वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा हामी आफ्ना पाठक, शुभचिन्तक, सहयोगी, विज्ञापनदाता तथा समस्त टीमप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं।

चार वर्ष अगाडि पत्रकारिताको मुल्यमान्यता, सत्यता र निष्पक्षताका साथ सुरू गरिएको हाम्रो यो यात्राले आज यहाँसम्मको यात्रा तय गरेको छ। प्रविधिको तीव्र विकास, सूचनाको सहज उपलब्धता र बदलिंदो सञ्चार माध्यमको परिवेशमा हामीले समाचारप्रति आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई निरन्तर निभाउँदै आएका छौं।

यस यात्रामा हामीले स्थानीय समाचारलाई प्राथमिकतामा राख्दै समाजका हर क्षेत्रका विषयवस्तुहरूलाई उजागर गर्ने प्रयास गरेका छौं। जनसरोकारका मुद्दाहरू, सामाजिक परिवर्तन, समृद्धि र विकासका कथा तथा आम नागरिकको आवाजलाई प्रमुखताका साथ प्रस्तुत गर्न खोजेका छौं।

पत्रकारिता केवल सूचना सम्प्रेषणको साधन मात्र होइन, यो परिवर्तनको संवाहक पनि हो। त्यसैले, हामी सत्य, तथ्य र निष्पक्षताको सिद्धान्तलाई आत्मसात् गर्दै समाचार लेखन र प्रकाशनलाई अगाडि बढाइरहेका छौं। स्थानीय तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा प्रभाव पार्ने घटनाक्रमको विश्लेषण र समग्र समाचारलाई सन्तुलित ढंगले प्रस्तुत गर्नु हाम्रो प्राथमिकता रहँदै आएको छ।

यस यात्रामा हामीले धेरै चुनौतीहरूको सामना गर्यौं। कहिलेकाहीँ तथ्यमा आधारित पत्रकारिताका कारण दबाबहरू पनि सहनुपर्‍यो। तर, हाम्रो अडान कहिल्यै कमजोर बनेन। पत्रकारिताको धर्म र दायित्वप्रति दृढ रही, निडर र निष्पक्ष रूपमा कलम चलाउने प्रणलाई हामीले निरन्तरता दिएका छौं।

चौथो वार्षिकोत्सवको अवसरमा हामी हाम्रो पाठक वर्गलाई अझ स्तरीय, तथ्यपरक र समाजपरिवर्तनमुखी सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं। समाचारपोष्ट डटकमलाई अझ विश्वसनीय, प्रभावकारी र नवीनतम प्रविधिसँग अद्यावधिक गर्ने दिशामा हाम्रो यात्रा जारी रहनेछ।

अन्त्यमा, हाम्रो यात्रा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्व, संस्था र विशेषगरी हाम्रा नियमित पाठकहरूलाई धन्यवाद व्यक्त गर्दै, आगामी दिनमा अझ सशक्त र प्रभावकारी पत्रकारिताका लागि अघि बढ्ने वाचा गर्दछौं।

समाचारपोष्ट डटकम
सम्पादकीय टोली

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?