विगतका तीन वर्ष : समाचारपोष्टको यात्रा

समाचारको वास्तविकता, निष्पक्षता र जिम्मेवारीको यात्रामा समाचारपोष्ट डटकमले तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा हामी पाठक, शुभचिन्तक, विज्ञ, स्रोतव्यक्ति तथा समस्त टिमप्रति आभार व्यक्त गर्न चाहन्छौं।

तीन वर्षअघि स्थानीय समाचारलाई प्राथमिकता दिने उद्देश्यका साथ समाचारपोष्ट डटकमको यात्रा सुरु भएको थियो। हाम्रो मूल उद्देश्य विश्वसनीय, तथ्यपरक र जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्नु रह्यो। यस यात्रामा हामीले थुप्रै चुनौतीको सामना ग-यौं, तर पाठकहरूको निरन्तर विश्वासले हामीलाई अघि बढ्ने ऊर्जा दियो।

स्थानीय पत्रकारितामा नवीनता र उत्तरदायित्व

हामीले स्थानीय खबरलाई राष्ट्रिय मञ्चमा ल्याउने प्रयास गर्‍यौं। ग्रामीण भेगका मुद्दा, नीति निर्माण, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रका समाचारलाई प्राथमिकतामा राख्यौं। विशेषगरी, पाणिनी गाउँपालिकाका गतिविधि, स्थानीय सरकारका नीति, बजेट कार्यान्वयन, विकास योजनाका सफल र असफल पक्षहरू उजागर गर्दै आएका छौं।

तीन वर्षका प्रमुख उपलब्धिहरू

  • स्थानीय समाचारको विश्वसनीय स्रोत: विभिन्न तहका स्रोतहरूबाट पुष्टि गरी मात्र समाचार प्रकाशन गर्ने नीतिले हामीलाई पाठकको विश्वास जित्न मद्दत गर्यो।
  • अनुसन्धानमूलक पत्रकारिता: तथ्यपरक रिपोर्टिङमा ध्यान दिँदै, सामाजिक न्याय, सुशासन, पारदर्शिता, स्थानीय अर्थतन्त्र र कृषि क्षेत्रमा अनुसन्धानमूलक सामग्री उत्पादन गर्‍यौं।
  • दृश्य-श्रव्य सामग्रीको प्रयोग: समाचार पोष्ट केवल पाठ्य सामग्रीमा सीमित नरही भिडियो रिपोर्टिङ, प्रत्यक्ष संवाद, अन्तर्वार्ताको माध्यमबाट डिजिटल पत्रकारितामा नयाँ आयाम थप्न सफल भयो।
  • पाठक सहभागिता र प्रभाव: तीन वर्षको अवधिमा पाठकको सहभागिता उल्लेखनीय रूपमा बढ्यो। हाम्रो समाचारले कतिपय नीतिगत निर्णयहरूमा प्रभाव पार्न सफल भएको छ, जसले निष्पक्ष पत्रकारिताको महत्त्व झल्काउँछ।

चौथो वर्षमा हामी कहाँ जाँदैछौं?

समाचारपोष्ट डटकम अब चौथो वर्षमा प्रवेश गर्दै गर्दा हामी पत्रकारिताको स्तर अझै माथि उठाउने संकल्प गर्दछौं। डिजिटल पत्रकारितालाई अझ सशक्त बनाउने, तथ्यपरक समाचार, भिडियो रिपोर्टिङको विस्तार, ग्रामीण भेगका आवाजलाई अझ बुलन्द बनाउने तथा नयाँ प्रविधिको प्रयोग गर्दै समाचारको सहज पहुँच बढाउने हाम्रो लक्ष्य रहनेछ।

यस ऐतिहासिक अवसरमा, समाचारपोष्टको यात्रामा साथ दिने सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञ, स्रोतव्यक्ति, रिपोर्टर तथा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद। चौथो वर्षको यात्रामा पनि हामीलाई तपाईंहरूको साथ, सुझाव र विश्वासको अपेक्षा छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?