आज श्रीस्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदैछ।

नेपाली पञ्चाङ्गका अनुसार बुधबार ३०।५९ घडीपला अर्थात् साँझ ७ बजेर ९ मिनेटसम्म पूर्णिमा तिथि छ।

नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी देवीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप-कलश-गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा-अर्चना गरिन्छ।

​महिनाभर व्रत नबस्नेले पनि माघ शुक्ल पूर्णिमाका एक दिन विधिपूर्वक स्वस्थानीको व्रतपूजा गर्छन्।​ देवादिदेव महादेवसहित श्रीस्वस्थानीको पूजा-आराधना गरी अर्घ्य  दिनाले मनोकांक्षा पूर्ण हुने विश्वास छ।

समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान्, छोरा वा छोरीलाई दिई १०० रोटी व्रतालुले खाने नियम छ।

सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वस्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रतकथामा उल्लेख छ।

यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी माहत्म्य’ पाठ गर्ने परम्परा छ।

माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला-पर्व पनि यही पूर्णिमामा समापन गरिन्छ। भक्तपुरको हनुमानघाटर  काठमाडौंको साँखुस्थित शालीनदीमा लागेको माधवनारायण मेला बुधबार सम्पन्न हुँदैछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?