पाणिनि तपोभूमी सम्मेलन : विश्वमञ्चमा पाणिनिको पहिचान स्थापित गर्ने अवसर

पाणिनि गाउपालिकाको वडाहरू १ र २ मा पर्ने ऐतिहासिक तथा धार्मिक महत्वको पाणिनि तपोभूमीमा राष्ट्रियस्तरको “पाणिनि तपोभूमी सम्मेलन २०८१” आयोजना हुँदैछ। संस्कृत व्याकरणका जनक महर्षि पाणिनिले कठोर तपस्या गरी भगवान शिवबाट व्याकरणका १४ सूत्र प्राप्त गरेको मानिने यस स्थलमा यथेष्ट अध्ययन, प्रचार-प्रसार, र संरचनागत विकास आवश्यक छ।

चैत्र २७ र २८ गते हुने यो सम्मेलनले पाणिनि तपोभूमीको महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिले सम्मेलनलाई थप राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर दिनेछ। तथापि, यस स्थललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन भौतिक संरचनाको विकास, अध्ययन-अनुसन्धान प्रवद्र्धन, तथा दीर्घकालीन संरक्षणको योजना अपरिहार्य छ।

पाणिनि ऋषिको योगदान केवल नेपाल वा भारतमा सीमित छैन, उनी विश्वब्यापी रूपमा भाषाशास्त्रका अग्रदूत हुन्। यस्तो महत्वपूर्ण स्थानलाई एक धार्मिक, शैक्षिक र पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकार, सरोकारवाला निकाय, र स्थानीय तहबीच सहकार्य हुनुपर्छ। सम्मेलन सफल मात्र नभई फलदायी बनाउन, आउने सहभागीहरूले सकारात्मक सन्देश बोकेर फर्कन सक्ने वातावरण सिर्जना गर्न आवश्यक छ।

यस अवसरमा, सम्मेलन आयोजक समितिले स्थानीय पूर्वाधार, आवास, तथा यातायात व्यवस्थापनमा ध्यान दिनु जरुरी छ। विश्वव्यापी संस्कृत प्रेमी, भाषा विज्ञ, र इतिहासविद्हरूसँग सहकार्य गरी पाणिनि तपोभूमीलाई एक अध्ययन केन्द्रका रूपमा विकास गर्न पहल गर्नुपर्छ। सरकारको समेत ध्यानाकर्षण गराउँदै, दीर्घकालीन योजना निर्माण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट लगानी आकर्षित गर्न आवश्यक छ।

संस्कृत भाषा र व्याकरणमा रुचि राख्ने विश्वभरका अनुसन्धानकर्ता तथा पर्यटकहरूलाई पाणिनि तपोभूमीमा आकर्षित गर्ने वातावरण तयार गर्न अब ढिलाइ गर्नुहुँदैन। यस सम्मेलनलाई केवल दुई दिनको भव्य कार्यक्रमसम्म सीमित नराखी, यसबाट सिर्जित ऊर्जालाई दीर्घकालीन विकास योजनामा बदल्न जरुरी छ।

पाणिनि तपोभूमी सम्मेलन २०८१ मात्र एउटा कार्यक्रम नभएर नेपालकै गौरवशाली सम्पदालाई विश्वसामु चिनाउने अवसर हो। यसलाई सफल बनाउन सबै पक्षले आफ्नो तर्फबाट योगदान दिनुपर्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?