पाणिनि सम्मेलन : प्राचीन गौरवलाई पुनर्जागृत गर्ने अवसर

 पाणिनि गाउपालिका १ र २ मा पर्ने पाणिनि तपोभूमी सांस्कृतिक, धार्मिक तथा शैक्षिक दृष्टिले ऐतिहासिक महत्त्व बोकेको स्थल हो। यो स्थान संस्कृत व्याकरणका जनक महर्षि पाणिनिको कठोर तपस्यास्थल मानिन्छ, जहाँ भगवान शिवले डमरुको तालमा व्याकरणका १४ सूत्र प्रदान गर्नुभएको थियो।

चैत्र २७ र २८ गते यहाँ हुन लागेको ‘पाणिनि तपोभूमी सम्मेलन २०८१’ यस क्षेत्रको प्रचारप्रसार मात्र नभई सम्पूर्ण राष्ट्रका लागि गौरवको विषय हो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने यस सम्मेलनले पाणिनि ऋषिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पुनःस्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

पाणिनि तपोभूमी ऐतिहासिक धरोहर मात्र नभई नेपाली सभ्यता, भाषा र संस्कृतिको अभिन्न अंश हो। यस स्थललाई उचित संरक्षण र प्रचारप्रसार गर्न सकियो भने नेपाल विश्वकै संस्कृत शिक्षा तथा अनुसन्धानको प्रमुख केन्द्र बन्न सक्छ। त्यसैले, यस सम्मेलनलाई सफल बनाउन सबै तहका निकाय, विद्वान्, सञ्चारमाध्यम, र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक छ।

यस सम्मेलनलाई कोषेढुङ्गाका रूपमा उपयोग गर्दै दीर्घकालीन योजनासहित पाणिनि तपोभूमीको संरक्षण, पूर्वाधार विकास, तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने रणनीति अवलम्बन गरिनुपर्छ। केवल दुई दिनको भव्य कार्यक्रम मात्रै होइन, भविष्यमा पाणिनि तपोभूमीलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजनाहरू अघि सार्नुपर्छ।

यो अवसर हो, हाम्रो प्राचीन गौरवलाई पुनर्जागृत गर्ने। संस्कृति र शिक्षालाई प्रवर्धन गर्दै आर्थिक विकाससँग जोड्ने। स्थानीय र राष्ट्रिय हितलाई ध्यानमा राख्दै, हामी सबैले यस सम्मेलनको सफलताका लागि सहकार्य गर्नुपर्छ। पाणिनि तपोभूमी सम्मेलनले नेपाली पहिचानलाई अझ उच्च बनाओस्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?