अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-४ खनदहमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सवारी जीप अनियन्त्रित भई बाटोदेखि झन्डै २ सय ५० मिटर तल खस्दा गाडीमा सबार ४ जना मध्ये दुईजनाको मृत्यु भएको हो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक मालारानी-४ का २२ वर्षीय दिलिप खनाल र मालारानी-४ कै २१ वर्षीय बालकृष्ण रिजाल रहेको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ।

अन्य दुईजना घाइतेलाई उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?