भव्य बन्यो नेमस को स्थापना दिवस ,गर्‍यो अग्रजलाई सम्मान

नेपाली महिला समाज कतारले आफ्नो १४ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार दोहाको मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा समाजकी अध्यक्ष माया के सी को सभापतित्व र संस्थाका प्रमुख संरक्षक एवम् संस्थापक अध्यक्ष रेखा राईको प्रमुख आतिथ्यतामा “सम्मान तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थामा अतुलनीय योगदान पुर्‍याउनुहुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा संस्था स्थापनाको अवधारणा ल्याउनुहुने कतारका लागि पुर्व राजदुत महामहिम डा. माया कुमारी शर्मा ज्यु, संस्थाका प्रमुख संरक्षक , संरक्षकहरु , प्रमुख सल्लाहकार , सल्लाहकारहरु , संस्थापक सह-कोषाध्यक्ष रेनुका कार्की , संस्थापक सदस्य मिना तामाङ , पूर्व सह-कोषाध्यक्ष तथा सचिव हिलारी तामाङ , मानार्थ सदस्य तिल बिक्रम थेवे , संस्था स्थापनार्थ सहयोग गर्नुहुने अमिन खान , छम परियार , मुनाफ मियाँ र हित खड्का रहेका छन् ।

शुभकामना मन्तव्यका क्रममा बोल्दै वक्ताहरुले संस्था स्थापना कालमा झेल्नुपरेका कठिनाइहरु अझैसम्म आफ्ना मानसपटलमा ताजै रहेको बताउँदै आगामी दिनहरुमा समाजले आफुलाई अन्य संस्थाहरुको तुलनामा अग्रणी स्थानमा पुर्‍याउन सफल रहोस् भन्ने शुभकामना समेत दिएका थिए ।

सचेतना कार्यक्रमका प्रशिक्षक आमिना खानले कार्यक्रमका उद्देश्यबारे प्रष्ट्याउँदै कतारमा बसोबास गर्ने सम्पुर्ण नेपाली दिदिबहिनीहरुलाई कतार सरकारको नियम र कानुनको दायरामा रहेर कार्य गर्न सुझाव दिएकी थिइन। मनोरञ्जनात्मक क्रियाकलापमा रमाउने तर सचेतनामुलक कार्यक्रमहरुमा जान नाक खुम्च्याउने हाम्रो प्रवृत्ति नराम्रो रहेको भन्दै सम्पुर्ण दिदिबहिनीहरुलाई संस्थामा आवद्ध हुन समेत आग्रह गरेकी थिइन । खान नेपाली महिला समाज कतारले गरेका गतिविधिहरुका बारेमा खुलेर प्रशंसा गर्दै आफू पनि यस्तो गौरवशाली संस्थाको अभिन्न अंग बन्न पाएकोमा गौरव महशुश गरेको बताएकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथि रेखा राईले परदेशिएका सम्पुर्ण दिदिबहिनीहरुलाई एकताको सुत्रमा बाँध्ने , एकअर्का सङ्ग भएका ज्ञान र सीप आदानप्रदान गर्नुका साथै समस्यामा परेका दिदिबहिनीहरुलाई सक्दो सहयोग गर्ने धेयले संस्थाको स्थापना भएको र यसको साख बचाइराख्ने दायित्व हामी सबैको रहेको बताइन् । आफू संस्थापक अध्यक्ष हुँदै अहिले प्रमुख संरक्षक सम्मको यात्रामा संस्थाको हितका लागि खट्नुहुने सम्पुर्णलाई धन्यवाद प्रकट समेत गरेकी थिइन ।

कार्यक्रम समापनका क्रममा बोल्दै सभापति के सि ले संस्था स्थापनाको अवधारणा ल्याउने देखि आजसम्म संस्थामा आवद्ध भएर वा बाहिरै बसेर पनि संस्थालाई यहाँसम्म ल्याइ पुर्‍याउन अतुलनीय योगदान गर्नुहुने सम्पुर्ण प्रती हार्दिक आभार सहित धन्यवाद प्रकट गरेकी थिइन । आँफुले कार्यभार सम्हालेको समयमा समाजका संस्थापक देखि संरक्षक, सल्लाहकार र अग्रजहरुलाई समेटेर सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको जिकिर गर्दै आगामी दिनहरुमा पनि सबै जनाको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताइन् । त्यस्तै कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्नका लागि खट्नुहुने सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन समेत गरेकी थिइन।

कार्यक्रमको सहजीकरण संस्थाका महासचिव मेनुका भण्डारी खतिवडा र सचिव कविता खत्रीले गरेका थिए भनें संस्थाका तृतीय उपाध्यक्ष सुष्मा कटुवालको स्वागत मन्तव्य रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?