गायिका दुर्गा क्षेत्री नेपालको नयॉ तीज गीत “रे रे रे रे” ले युवा पुस्ताको माझमा लोकप्रिय बन्दै गएको छ ।
अर्घाखाँची जिल्लाबाट उदाएर बुटवलमा गीत संगीत क्षेत्रमा संघर्ष गर्दै आएकी, राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइसकेकी कलाकार हुन् दुर्गा नेपाल ।
आउँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस म्युजिक भिडियोले छोटो समयमै हजारौं युवादर्शकको ध्यान खिच्न सफल भएको हो । बिशाल शोनीको शब्द र लय, दुर्गा क्षेत्री नेपालको स्वर, निरेन श्रेष्ठको कला निर्देशन र बिशाल शोनी तथा अंकिता नेपालको आकर्षक अभिनय यस गीतका रहेको छ ।
तीजको सांस्कृतिक र भावनात्मक पक्षलाई समेट्दै बनाइएको “रे रे रे रे” ले महिलाको उत्साह, युवापुस्तामा उमंग र मायापिरतीको संगम प्रस्तुत गरिएको छ । गीतमा समेटिएको नारी जीवनको चमक, पर्वको चटारो र मायालु भावनाले दर्शकलाई भावनात्मक रुपमा छुने गरेको प्रतिक्रिया आइरहेका छन् ।
गायिका दुर्गा क्षेत्री नेपाल यसअघि पनि चर्चित तीज र पन्चेबाजामा आधारित गीतहरू मार्फत श्रोता(दर्शकको मन जित्दै आएकी छिन् ।
उनका जुग जाने पिरती, बटाैली सहर, माइती घरको आगनी जस्ता गीतले लाखौंको मन जितेका गित हुन् । संगीतप्रतिको उनको लगाव, निरन्तरता र मौलिकता नै उनी आजको पुस्ताको लागि प्रेरणादायी बनेकी छिन् । गायनमा मात्र होइन, कला संस्कृतिको जगेर्ना र प्रवद्र्धनमा पनि सक्रिय रहिआएकी क्षेत्रीले उक्त गीतको माध्यमबाट समकालीन तीज गीतहरूमा फरक र नयॉ स्वाद ल्याएको बताएकी छन् ।
युट्युव लिंक
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]













