चर्चामा ‘बाटो फरक भो’

बिगत तीन वर्षदेखि युरोपको पोर्चुगलमा बस्दै आएका पत्रकार तथा गायक अर्जुन भुसालको नयाँ गीत ‘बाटो फरक भो’ अहिले चर्चामा छ।

भावनात्मक बोल र सुन्दर प्रस्तुतीका कारण गीतले छोटो समयमै श्रोता तथा दर्शकको मन जित्न सफल भएको छ।अर्घाखाँचीको छत्रदेव-४ घर भएका भुसालले यो गीतमा चर्चित गायिका शान्ति श्री परियारसँग युगल स्वर दिएका छन्। सङ्गीतकार अमित बाबु रोकायको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीत वियोगान्त प्रेमकथालाई समेटेर बनाइएको छ।

गीतका मार्मिक शब्दहरू “बाटो फरक भो, तिमी हाँस्ने मै त रुने अधुरो यो जिन्दगीको बाटो फरक भो” ले सम्बन्ध टुटेपछि आउने पीडा र संवेदनालाई कलात्मक रूपमा चित्रण गर्छ। गीतमा गणेश पौडेल र प्रकाश पाठकको शब्द, अमित बाबु रोकायको सङ्गीत, र लोकेश बिसी, निशा बिसी र प्रकृति बुढाको उत्कृष्ट अभिनयले गीतलाई अझ आकर्षक बनाएको छ।

विसं २०६९ देखि गायन यात्रा सुरु गरेका भुसालले पहिलो गीत ‘नेपाल आमा’बाट चर्चा पाएका थिए। त्यसयता उनले देशभक्ति, सामाजिक र प्रेमभावनाका विषयमा ७० भन्दा बढी गीतमा स्वर दिएका छन्।

‘बाटो फरक भो’ गीतले अहिले देश–विदेशमा बस्ने नेपाली श्रोता–दर्शकबीच चर्चाको विषय बनेको छ। भावनात्मक शब्द, मधुर स्वर र उत्कृष्ट भिडियो प्रस्तुतीका कारण यो गीतले मन छुने प्रभाव छोडेको दर्शक प्रतिक्रिया आएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?