अर्घाखाँची : ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रमुख केसी आफैँ सडकमा उत्रिएर कारबाही

अर्घाखाँची । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख सरोज केसीले सोमबार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत लाहुरे बजार क्षेत्रमा क्षमता भन्दा बढी ढुङ्गा बोकेका ट्रिपरहरूलाई सडकमै रोकेर कारबाही गरेका छन्।

दुर्घटना न्यूनीकरणका लागि स्वयं सडकमा खटिएका ट्राफिक प्रमुख केसीले ओभरलोड ट्रिपरका छतमा चढेर ढुङ्गा झार्दै नियम उल्लंघन गर्ने सवारीसाधनमाथि तत्काल कारबाही गरेका हुन्।

सो अवसरमा केसीले चालक तथा सहचालकलाई प्रशिक्षण समेत दिँदै क्षमता भन्दा बढी सामान ढुवानी गर्दा सडक संरचनामा गम्भीर क्षति पुग्ने र सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुन सक्ने चेतावनी दिए। उनले कुनै पनि सवारीसाधनले तोकिएको क्षमताभन्दा बढी सामान नबोक्न आग्रह गरे।

ट्राफिक प्रमुख केसीका अनुसार सोमबारको अनुगमनमा क्षमता भन्दा बढी ढुङ्गा बोकेका १५ वटा ट्रिपर फेला परेका थिए। ती सबै सवारीसाधनका अतिरिक्त ढुङ्गा सडकमै झारेर आवश्यक कारबाही गरिएको उनले बताए।

अबदेखि क्षमता भन्दा बढी लोड बोकेर चल्ने चालक, सहचालक तथा सवारीधनीमाथि कडा कारबाही गरिने ट्राफिक प्रमुख केसीले स्पष्ट पारेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?