
- काठमाडौँ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्।
- उनले २७ हजार ७१९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
- निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँले ६,६४७ र एमालेका अमन मास्केले ४,३७३ मत पाए।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
खनाल २७ हजार ७१९ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाएका छन्। राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाउँदा र नेपाली कम्युनिष्ट पार्टीका हिमाल शर्मा २३१ मतमा समेटिए ।












