तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

समाचार सारांश
Auto Generated by AI
  • अमेरिका र इजरायलले इरानको तेहरान र अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्रमा आक्रमण गर्दा ठूलो आगलागी भई धुवाँले आकाश ढाकेको छ र केही मानिसको ज्यान गएको छ।
  • आक्रमणपछि राजधानी तेहरानमा धुवाँ फैलिएको र वातावरणीय निकायले नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गर्दै रेड क्रिसेन्टले विषालु एसिड वर्षाको चेतावनी दिएको छ।
  • इरानले यस आक्रमणलाई 'युद्ध अपराध' भन्दै कडा निन्दा गरेको छ र तेल पूर्वाधारमा थप आक्रमण भए क्षेत्रीय स्तरमा समान प्रतिकार गर्ने चेतावनी दिएको छ।

एजेन्सी । अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् । आक्रमणपछि ठूलो आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरानको आकाश ढाकिएको जनाइएको छ ।

आक्रमणमा केही मानिसको ज्यान गएको तथा घाइते भएको प्रारम्भिक जानकारी आएको छ । आइतबार साँझसम्म पनि तेहरानमा धुवाँ फैलिएको र दृश्यता निकै कम भएको स्थानीय अधिकारीहरूले बताएका छन् । शहरका विभिन्न स्थानमा थप विस्फोटको आवाज सुनिएको रिपोर्ट भए पनि ती विस्फोट कहाँ भएको हो भन्ने यकिन हुन सकेको छैन ।

स्थानीय सरकारले आइतबार बिहान तेल डिपोमा लागेको आगोबाट निस्किएको प्रदूषित धुवाँ शहरभर फैलिएको चेतावनी दिएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीले पनि जलेका तेल भण्डारण केन्द्रबाट निस्किएका विषालु रसायन वर्षा भएमा खतरनाक ‘एसिड वर्षा’ हुन सक्ने चेतावनी दिएको छ ।

यसैबीच, स्थानीय वातावरणीय निकायले नागरिकलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ । आक्रमणका कारण तेहरान प्रान्तमा इन्धन आपूर्ति पनि प्रभावित भएको छ ।

प्रान्तीय प्रशासनका अनुसार सामान्य आपूर्ति पुनः सुरु हुन दुईदेखि तीन दिन लाग्न सक्छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिका र इजरायलको आक्रमणको कडा निन्दा गर्दै यसलाई ‘युद्ध अपराध’ र ‘मानवताविरुद्धको अपराध’बताएका छन् । उनले तेल डिपोलाई निशाना बनाउनु ‘इरानी नागरिकमाथि गरिएको जानाजानी रासायनिक युद्ध’ सरह भएको आरोप लगाए ।

‘इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेर आक्रमणकारीहरूले विषालु पदार्थ हावामा फैलाइरहेका छन् । जसले नागरिकलाई विषाक्त बनाउँदै वातावरणलाई नष्ट गरिरहेको छ,’ उनले भने । उनले यसबाट सिर्जना हुने मानवीय तथा वातावरणीय संकट इरानको सीमाभित्र मात्रै सीमित नहुने चेतावनी पनि दिएका छन् ।

उता, इरानी सशस्त्र बलको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले पनि यदि इरानका तेल पूर्वाधारमाथि आक्रमण जारी रहेमा तेहरानले क्षेत्रीय स्तरमा समान प्रकारको प्रतिकार गर्न सक्ने चेतावनी दिएका छन् । उनले क्षेत्रीय देशहरूलाई अमेरिका र इजरायललाई सचेत गराउन आग्रह गरेका छन् ।

इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार युद्ध सुरु भएयता अमेरिका र इजरायलको आक्रमणमा इरानमा १ हजार ३३२ जनाको मृत्यु भएको छ । साथै ९ हजार ६६९ नागरिक संरचना क्षतिग्रस्त भएका छन् । जसमा करिब ७ हजार ९४३ घर र १ हजार ६१७ व्यावसायिक भवन रहेका छन् ।

यसैबीच, ८८ इस्लामिक रिभोल्युशनरी गार्ड कोर ८८ का प्रवक्ताले इरानसँग भारी मिसाइल, ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल, विभिन्न प्रकारका ड्रोन तथा आक्रमणकारी जहाज पर्याप्त मात्रामा रहेको बताएका छन् । उनका अनुसार इरान कम्तीमा छ महिनासम्म उच्चस्तरीय युद्ध लड्न सक्षम रहेको छ । उनले आगामी दिनमा इरानले नयाँ आक्रमण रणनीति अपनाउने र अझ लामो दूरीका तथा आधुनिक मिसाइल प्रयोग गर्ने पनि संकेत दिएका छन् । सीसीटीभी

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?