
- आज देशभर इद उल फित्र पर्व हर्षोल्लासका साथ मनाइँदै छ।
- नमाज पढेपछि ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई दिने चलन छ।
- दान गरेर गरिबलाई सहयोग गर्ने भएकाले यसको विशेष महत्व छ।
काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ ।
आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइन्छ ।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ ।
खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।













