विभिन्न विधेयक, प्रतिवेदन र कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै पाणिनिकाे आठौँ अधिवेशन सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • पाणिनि गाउँपालिकाको आठौँ गाउँसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
  • सभाले आर्थिक विधेयक स्वीकृत गर्नुका साथै चालु योजनामा संशोधन गरेको छ।
  • गाउँपालिकाले आगामी दिनमा सुशासन र जनमुखी विकासलाई प्राथमिकता दिने भएको छ।

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ।

अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ स्वीकृत गरेको छ भने सुशासन तथा सार्वजनिक सेवा समितिको चौमासिक प्रतिवेदन पनि पारित गरेको छ।

गाउँसभाले चालु आर्थिक वर्षको हालसम्मको समग्र कार्य प्रगतिबारे समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको विनियोजन ऐन अन्तर्गत रहेका योजना तथा कार्यक्रमहरूमा आवश्यक संशोधन प्रस्ताव पनि पारित गरेको गाउँसभाका सदस्य सचिव तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले जानकारी दिए।

यस्तै गाउँसभाले नवनिर्वाचित सांसदहरू तथा नवगठित सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले शुभकामना व्यक्त दिदै नयाँ सरकारले शासकीय सुधारमार्फत सुशासनको प्रत्याभूति गराउने नीति लिएको उल्लेख गर्दै स्थानीय तहले पनि सोही नीतिलाई आत्मसात गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताए।

गाउँपालिकाले आगामी दिनमा सुशासन, पारदर्शिता र जनमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै विकासका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?