राजस्व छलि कपिलवस्तुमा लाखौको समान र ट्रक प्रहरीको नियन्त्रणमा

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको गोरुसिंगेबाट राजस्व छली गरी ल्याएको सामानसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रहरीले दाङका छबीलाल घर्ती मगरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
  • कुल एक करोड ३० लाख बराबरको सामान र ट्रकलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिंगेमा राजस्व छली गरी ल्याइएको ट्रकसहित सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही घटनामा प्रहरीले दाङको घोराही उप-महानगरपालिका वडा नम्बर ३ का छबीलाल घर्ती मगरलाई समेत नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ ल्याईएको रु ६० लाख बढीको माल सामानमा राजस्व छली गरेको आरोपमा प्रहरीले ना ६ ख ३९७७ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको हो ।

सामानको मुल्य फरक रहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले कपडा, जुत्ता, जिरा र खुर्सानीसहीत रु ६० लाख ४१ हजार ५ सय ४८ रुपैयाको बराबरको सामान र ट्रकको मुल्य ७० लाख कायम गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कपिलवस्तुका प्रहरी नायब उपरीक्ष रिपेन्द्र कुमार सिंहले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?