कपिलवस्तुमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको यशोधरा गाउँपालिका-१ मा नयाँ वडा कार्यालय भवनको शिलान्यास सम्पन्न भएको छ।
  • पूर्वमन्त्री बृजेश कुमार गुप्ताको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भव्य रूपमा आयोजना गरियो।
  • नयाँ भवनबाट स्थानीयलाई प्रवाह गरिने सेवा अझ प्रभावकारी र जनमैत्री हुने विश्वास लिइएको छ।

ओमहरी उपाध्याय, कपिलवस्तु।
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–१ मा निर्माण हुन लागेको नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व सांसद एवं मन्त्री बृजेश कुमार गुप्ताको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी, पूर्व प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव, वडा नं. १ का वडाध्यक्ष अब्दुल कयुम मुसलमान, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरू लगायत बुद्धिजीवी, समाजसेवी, राजनीतिक व्यक्तित्व, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय जनप्रतिनिधि र नागरिकहरूको साझा प्रयासबाट निर्माण हुन लागेको उक्त वडा कार्यालय भवनले सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र जनमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्दै वडा नं. १ को विकास, सुशासन र समृद्धिको यात्रामा सबैको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

युवानेता वजीह अरशदद्वारा नेपाली कांग्रेस जिल्ला सहसचिव पदबाट राजीनामा,युवानेता पाण्डे द्वारा अपत्ति

परीक्षार्थीका मोबाइलको क्षतिपूर्ति माग्दै सिरहामा प्रदर्शन घोषणा

बलिउड स्टार Amir Khan तेस्रो विवाहको तयारीमा

टिकटकमा लेखिएको “Waiting for Death” पछि १६ वर्षीया रियाको सर्पदंशबाट दुःखद निधन

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?