डस मल्टी सर्भिसेसद्वारा व्यवसायीहरूका लागि दुई दिने निःशुल्क VAT तथा Taxation तालिम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • डस मल्टी सर्भिसेसले बुटवलमा व्यवसायीहरूका लागि दुई दिने निःशुल्क कर तथा लेखासम्बन्धी तालिम सम्पन्न गरेको छ।
  • तालिममा भ्याट, आयकर, लेखा प्रणाली र व्यवसाय व्यवस्थापनका विविध कानुनी तथा व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको थियो।
  • संस्थाले विगत सात वर्षदेखि व्यावसायिक सीप विकास र वित्तीय साक्षरतामार्फत आत्मनिर्भर जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ।

बुटवल, साउन १६।

डस मल्टी सर्भिसेस प्रा.लि., बुटवलको आयोजनामा व्यवसायीहरूलाई करसम्बन्धी ज्ञान, वित्तीय अनुशासन तथा व्यवसायलाई कानुनी रूपमा व्यवस्थित बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको दुई दिने निःशुल्क VAT तथा Taxation तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

विगत ७ वर्षदेखि डस मल्टी सर्भिसेसले युवाहरूलाई स्वरोजगार तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले Professional Accounting Training सञ्चालन गर्दै आएको छ। व्यवहारिक (Practical) लेखा शिक्षा, कर प्रणाली, व्यवसाय व्यवस्थापन तथा रोजगारमुखी सीप विकासमा संस्थाले निरन्तर योगदान पुर्‍याउँदै आएको छ। संस्थाको कार्यालय बुटवल–मिलनचोकमा, सिद्धार्थ बैंकको ठीक अगाडि (Opposite Siddhartha Bank) रहेको छ, जहाँ नियमित रूपमा लेखा, कर तथा व्यवसाय व्यवस्थापनसम्बन्धी विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

साउन १५ र १६ गते सम्पन्न उक्त तालिममा उत्पादन (Manufacturing), व्यापार (Trading), सेवा (Service), होटल तथा रेष्टुरेन्ट, निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, खुद्रा तथा थोक व्यापारलगायत विभिन्न क्षेत्रका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिममा VAT, Income Tax, Excise Duty, Customs, कर दर्ता प्रक्रिया, कर विवरण (Return) बुझाउने विधि, Input Tax Credit, Billing System, Tax Audit, व्यवसाय सञ्चालनका क्रममा अपनाउनुपर्ने कानुनी प्रक्रिया तथा करसम्बन्धी व्यवहारिक समाधानहरू बारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

तालिमको सम्पूर्ण प्रशिक्षण (Training Session) डस मल्टी सर्भिसेसका Managing Director श्री छविलाल डुम्रेले सञ्चालन गर्नुभएको थियो। उहाँले नेपालका प्रचलित कर कानुन, व्यवहारिक लेखा प्रणाली, कर जोखिम व्यवस्थापन, व्यवसायमा हुने सामान्य त्रुटिहरू तथा तिनको समाधानबारे वास्तविक उदाहरणसहित प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाको व्यवहारिक उत्तर दिँदै व्यवसायलाई करमैत्री र व्यवस्थित रूपमा सञ्चालन गर्ने उपायहरूबारे समेत विस्तृत रूपमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा Guest Trainer श्री अनन्त डुम्रेको विशेष उपस्थिति रहेको थियो। उहाँले विशेषगरी Manufacturing (उत्पादनमूलक) उद्योग सम्बन्धी विषयमा विस्तृत प्रस्तुति दिँदै उत्पादन लागत (Costing), कच्चा पदार्थ व्यवस्थापन, Inventory Control, VAT को प्रभाव, उत्पादन उद्योगमा कर व्यवस्थापन तथा उद्योग सञ्चालनका व्यवहारिक चुनौती र समाधानबारे सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल गर्नुभएको थियो। उहाँको प्रस्तुति विशेषगरी उत्पादनमूलक व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूका लागि अत्यन्त उपयोगी रहेको सहभागीहरूले बताएका थिए।

कार्यक्रममा सहभागी व्यवसायीहरूले करसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको, व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी तथा करसम्बन्धी अन्योल हटेको र यस्तो तालिमले व्यवसायलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

समापन समारोहमा डस मल्टी सर्भिसेसका Director श्री सुन्दर पाण्डेयले व्यवसायीहरूको उल्लेखनीय सहभागिता र सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद व्यक्त गर्दै व्यवसायी तथा उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता निःशुल्क, व्यवहारिक तथा समयसापेक्ष तालिमहरू नियमित रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी Managing Director श्री छविलाल डुम्रेले व्यवसायीहरूलाई समयअनुकूल लेखा, कर तथा व्यवसाय व्यवस्थापनसम्बन्धी ज्ञान उपलब्ध गराउनु संस्थाको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनमा Professional Accounting Training, Taxation, Business Management, Digital Accounting तथा Financial Literacy सम्बन्धी थप विशेष कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।

डस मल्टी सर्भिसेस प्रा.लि. ले विगत सात वर्षदेखि “सीपयुक्त युवा, आत्मनिर्भर नेपाल” भन्ने लक्ष्यका साथ व्यावसायिक लेखा तथा रोजगारमुखी तालिमहरू सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि व्यवसायी, उद्यमी तथा युवाहरूलाई दक्ष, सक्षम र स्वरोजगार बनाउन यस्ता ज्ञानमूलक तथा व्यवहारिक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने संस्थाले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?