कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन्।
  • शुक्रबारदेखि बेपत्ता भएका उनको शव गोरुसिङ्गे जंगल क्षेत्रमा भेटिएको हो।
  • प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

कपिलवस्तु, २५ साउन । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन्। शुक्रबार साँझदेखि सम्पर्कविहीन रहेका सिंहको शव गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परेको हो।

तिलौराकोट साझेदारी वन क्षेत्रमा बेपत्ता भएका सिंहको खोजीका लागि स्थानीयवासी तथा नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो।

खोजीका क्रममा सिंहको शव सोही जंगल क्षेत्रभित्र फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?