कपिलवस्तुमा पेस्तोलसहित ३ जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको विजयनगरबाट पेस्तोलसहित तीन जना युवा पक्राउ परेका छन्।
  • स्थानीयलाई धम्क्याएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  • साथबाट एक थान पेस्तोल र मोटरसाइकल बरामद गरी थप अनुसन्धान भइरहेको छ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।

कृष्णनगर नगरपालिका–८ बहादुरगन्ज क्षेत्रमा स्थानीयलाई डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचना पाएपछि खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।

उनीहरूको साथबाट एक थान पेस्तोल र लु.६१ प.७०७२ नम्बरको १२५ सीसी मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ‌।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?