कपिलवस्तुमा हर्षोल्लासका साथ नाग पञ्चमी मनाइयो, नगरप्रमुख पौडेलद्वारा शुभकामना

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको तौलिहवास्थित शिव मन्दिरमा नाग पञ्चमीको अवसरमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ।
  • भक्तजनहरूले नाग देवताको पूजा गरी परिवारको सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन्।
  • नगर प्रमुख सुदिप पौडेलले मन्दिरमा पुगेर सबैमा नाग पञ्चमीको शुभकामना व्यक्त गर्नुभएको छ।

कपिलवस्तु । नाग पञ्चमीको अवसरमा कपिलवस्तुको तौलिहवास्थित शिव मन्दिरमा श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। स्थानीयवासी तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरूले हर्षोल्लासका साथ नाग पञ्चमी पर्व मनाएका छन्।

नाग पञ्चमीका दिन नाग देवताको पूजा–आराधना तथा भगवान् शिवको दर्शन गर्न बिहानैदेखि मन्दिरमा भक्तजनहरू पुग्न थालेका थिए। श्रद्धालुहरूले नाग देवताको पूजा गर्दै सुख, शान्ति, समृद्धि तथा परिवारको सुख–स्वास्थ्यको कामना गरेका छन्।

नाग पञ्चमीका अवसरमा शिव मन्दिरमा विशेष पूजा–आराधना हुने भएकाले हरेक वर्ष यस दिन भक्तजनहरूको चहलपहल बढ्ने गरेको छ। मन्दिर परिसरमा भक्तजनहरूको उपस्थितिले धार्मिक तथा आध्यात्मिक वातावरण बनेको थियो।

यसैबीच कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेलले तौलिहवास्थित शिव मन्दिरमा पुगेका स्थानीयवासी तथा विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरूलाई नाग पञ्चमीको शुभकामना व्यक्त गर्दै पर्वको अवसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो।

नाग पञ्चमीको अवसरमा मन्दिरमा दिनभर नै भक्तजनहरूको आवतजावत तथा पूजा–आराधना चलिरह्यो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?