सवारीसाधन खरिद र नामसारीमा अब कार्यालय धाउन नपर्ने

समाचार सारांश
Auto Generated by AI
  • सवारीसाधन खरिद, नामसारी र बीमा नवीकरणका लागि कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने नियम हटाइएको छ।
  • सवारीधनी स्वयं उपस्थित हुन नसकेमा प्रतिनिधिमार्फत दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ।
  • डिलरको जाँचलाई मान्यता दिनुका साथै बायोमेट्रिकका लागि प्राविधिक पहुँच उपलब्ध गराइने भएको छ।

काठमाडौं । नयाँ तथा पुराना सवारीसाधन खरिद, नामसारी र बीमा नवीकरणका लागि सवारीधनी यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै सरकारले यस्तो सहजीकरण गरेको यातायात व्यवस्था विभागले जनाएको छ । पूर्वाधार विकास मन्त्रालयको मन्त्रीस्तरीय बैठकले सोमबार उक्त निर्णय गरेको हो ।

नयाँ व्यवस्थाअनुसार सवारीसाधनको पहिलो नामसारी गर्दा डिलरले गरेको जाँचलाई मान्यता दिइनेछ । खरिदकर्ता स्वयं उपस्थित हुन नसके वारेसनामा र आवश्यक परिचयपत्रसहित प्रतिनिधिमार्फत सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ ।

त्यस्तै, सवारीसाधनको बीमा तथा नवीकरणका लागि पनि सवारीधनी कार्यालयमा उपस्थित हुनुपर्ने छैन ।

नामसारी प्रक्रियालाई सहज बनाउन सवारी दर्ता प्रणाली (VRS) मार्फत सम्बन्धित विक्रेता, वितरक तथा कम्पनीलाई बायोमेट्रिक विवरण लिन मिल्ने प्राविधिक पहुँच उपलब्ध गराइने विभागले जनाएको छ ।

सरकारको यो निर्णयले सेवाग्राहीको समय बचत हुनुका साथै सवारीसाधन दर्ता तथा नामसारीमा हुने प्रशासनिक झन्झट घट्ने अपेक्षा गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?