back to top
१४ कार्तिक २०८३, शनिबार
IPL 2024
१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीका लागि मिडिया भनेको फेसबुक मात्रै हो : सूर्य थापा

समाचार सारांश
Auto Generated by AI
  • एमाले नेता सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको विरोध गर्दै यो राणाशासनमा समेत नभएको सरकारको ज्यादती भएको बताएका छन् ।
  • उनले पक्राउ परेका इनम सापकोटा प्रधानमन्त्री बालेन शाहसँग सम्बन्धित विचौलिया भएको आरोप लगाएर घटनामा प्रधानमन्त्रीको समेत संलग्नता रहेको दाबी गरेका छन् ।
  • थापाले सञ्चारमाध्यममाथिको दुर्व्यवहारप्रति प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै वर्तमान सरकार पाँच वर्षसम्म टिक्नेमा समेत शंका व्यक्त गरेका छन् ।

काठमाडौं । नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिएका छन् ।

अदालतको पक्राउ पुर्जीबिनै सरकारले नाटकीय ढंगले सञ्चारमाध्यममाथि ज्यादती गरेको उनको आरोप छ ।

शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको समयमा समेत सञ्चारमाध्यममाथि यस्तो व्यवहार नभएको दाबी गरे ।

‘यस्तो ज्यादती जहानियाँ राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको कालमा पनि भएको थिएन। राणा कालमा पनि प्रक्रिया पूरा गरेर गर्थे,’ उनले भने ।

निरंकुश शासन व्यवस्थामा समेत प्रक्रिया पूरा गर्ने गरिएको उल्लेख गर्दै उनले जनमत प्राप्त लोकतान्त्रिक सरकारबाट सञ्चारमाध्यममाथि यस्तो व्यवहार हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरे ।

नेता थापाले प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा–५ मा सर्वेक्षणका लागि परिचालित व्यक्ति रहेको दाबी गरेका छन् ।

थापाले सापकोटा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रमा सर्वेक्षण गर्न खटिएको व्यक्ति भएको जानकारी आफूलाई रहेको उल्लेख गरे । उनले प्रश्न गरे, ‘इनम सापकोटा झापामा प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रमा सर्वेका लागि परिचालित भएको व्यक्ति भन्ने जानकारी तपाईंहरूको जानकारीमा छ कि छैन ?’

थापाले प्रधानमन्त्रीसँग कुनै सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई प्रभावमा पार्न सक्ने विषयमा प्रश्न उठाउँदै सापकोटा प्रधानमन्त्री शाहसँग सम्बन्धित विचौलिया भएको आरोपसमेत लगाए। उनले भने, ‘प्रधानमन्त्रीसँग सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई हप्काउन सक्छ ? सापकोटा विचौलिया हुन् भने बालेनकै हुन्।’ पत्रकार पक्राउ प्रकरणबारे टिप्पणी गर्दै थापाले शुक्रबारको घटनाले नेपालको मिडियामाथि जहाँनिया राणा शासन, पञ्चायत र निरंकुश राजतन्त्रकालमा समेत नभएको प्रकृतिको व्यवहार भएको आरोप लगाए। पत्रकारले आफ्नो समाचार स्रोतको संरक्षण गर्न पाउने व्यवस्था संविधानमै स्पष्ट रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यम र पत्रकारमाथि भएको व्यवहारप्रति आपत्ति जनाए।

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसहितको संलग्नता रहेको आरोप पनि थापाले लगाए।

थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले वर्तमान संसद्लाई पाँच वर्षसम्म टिकाउन सक्नेमा समेत आशंका व्यक्त गरे। उनले भने, ‘यो पार्लियामेन्ट पनि पाँच वर्ष टिक्ने देखिएन। त्यसैले आफ्नो छटपटी उहाँहरूले कहिले मिडियातिर, कहिले कता देखाउनुहुन्छ।’

सरकार गठन भएको सात महिना बितिसक्दा पनि सरकारी सञ्चारमाध्यमलाई बेवास्ता गरिएको आरोप लगाउँदै थापाले प्रधानमन्त्री बालेन शाहको सञ्चारमाध्यमप्रतिको बुझाइप्रति समेत प्रश्न उठाए ।

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ उनले भने ।

उनले सञ्चारमाध्यममाथि गरिएको दुर्व्यवहारप्रति प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत गरेका छन् ।

थापाले सरकारको यस्तो गतिविधिले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने भन्दै सरकारको कार्यशैलीप्रति आलोचना गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?

×
FLASH NEWS FLASH