अमेरिकी मध्यावधि निर्वाचनः प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकनलाई झड्का

समाचार सारांश
Auto Generated by AI
  • अमेरिकाको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ।
  • संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिनुका साथै सिनेटमा एक सिट खोसेको छ।
  • यो निर्वाचनलाई ट्रम्प प्रशासनको कार्यसम्पादन र आगामी नीतिहरूको जनमत परीक्षणका रूपमा हेरिएको छ।

काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ।

अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको छ। प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै रातिको पहिलो सिट आफ्नो पक्षमा पारेको छ। यसैगरी जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन्।

अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका ३५ सिट तथा विभिन्न राज्यका गभर्नर र स्थानीय पदमा यही १७ कात्तिकमा निर्वाचन भएको थियो। अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने संसदीय तथा राज्यस्तरीय निर्वाचन हो। यस निर्वाचनमा राष्ट्रपति परिवर्तन हुँदैन, तर संसदमा कुन राजनीतिक दलको बहुमत रहने भन्ने निर्णय भने हुन्छ। सन् २०२६ को मध्यावधि निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बीचमा भइरहेको हो।

मध्यावधि निर्वाचनलाई अमेरिकामा राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ। राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा भएको यो निर्वाचनलाई पनि उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ।

यस निर्वाचनको नतिजाले ट्रम्प प्रशासनले आगामी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहजता पाउँछ भन्ने पनि तय गर्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?