पार्टी निर्देशनपछि आइजिपीको जिम्मेवारी फेरबदल : सरकारका प्रवक्ता

समाचार सारांश
Auto Generated by AI
  • पार्टीको निर्देशनपछि सरकारले आइजिपीको जिम्मेवारी हेरफेर गरिएको शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्।
  • मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई नयाँ आइजिपीको जिम्मेवारी दिएको छ।
  • कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा सरुवा गरिएको छ।

काठमाडौं । रास्वपा नेतृत्वको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनपछि आइजिपीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन्।

बुधबार मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले पार्टीबाट समेत निर्देशन आएपछि आइजिपी फेरेको बताएका हुन्।

‘संवेदनशील विषयमा सरकारले केही गर्नुपर्याे भनेर पार्टीबाट पनि निर्देशन आएको थियो। त्यो भएको हुनाले जिम्मेवारी फेरबदल गरेको हो,’ उनले भने।

मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई  जिम्मेवारीबाट हटाएर एआइजी मनोज केसीलाई आइजिपीको जिम्मेवारी दिने निर्णय गरेको छ। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?