जुनेली रात चारु सङ्ग्रहको विमोचन

 

दाङको लमहीमा साहित्य तेजप्रसाद खनालको कृति जुनेली रात चारु सङ्ग्रह एक कार्यक्रमका विच विमोचन भएको छ। चारु साहित्य प्रतिष्ठान लुम्बिनीको प्रदेशको आयोजनामा आयोजित कार्यक्रमको अध्यक्षता चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालले गर्नुभएको थियो ।

कार्यक्रममा गजल शिरोमणि डा. घनश्याम न्यौपान (परिश्रमी) प्रमुख अतिथि रहनु भएको थियो । साहित्यकारहरुको उपस्थितिमा यी दुई कृतिहरु विमोचन भएका हुन। कार्यक्रमका अध्यक्ष तेजप्रसाद खनालले कार्यक्रमको औचित्यताको प्रस्तुति बाट सुरु भएको यस कार्यक्रममा डा. देवी पन्थीले दुबै कृतिको समीक्षा गर्नुभएको थियो। डा. घनश्याम न्यौपानेले सर्जकलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।


साहित्यकार हरि पोख्रेल , स्वर्ण शिखा, धनसिंह गिरी, छविलाल कोपिला , लमही नगरपालिका ५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदी , जगतराम यादव, भूमि आयोग दाङ जिल्ला अध्यक्ष लेखराज रेग्मी ,प्राध्यापक हरेकृृष्ण ज्ञवाली , लिलाराम खनाल लगाएतले स्रष्टालाई शुभकामना दिनुभएको थियो।

चारुकार यज्ञलाल सुवेदी , अमृता रसायली रामदाम, अम्बिका खरेल उप्रेती , सीता शर्मा पन्थी, सन्जना शर्मा , तेजप्रसाद खनाल, नागेन्द्र यादव लगायतले चारु वाचन समेत गर्नुभएको थियो। यसै गरि यसै कार्यक्रमका विच चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश कमिटी सार्वजनिक पनि गरिएको थियो। जस अनुसार तेजप्रसाद खनाल अध्यक्ष , सन्जना शर्मा उपाध्यक्ष , यागेन्द्र यादव सचिव, वसन्त अनुभव कोषाध्यक्ष र सदश्यहरुमा नविना रेग्मी , सिर्जना खनाल, मुना पन्थी र यज्ञलाल सुवेदी रहनु भएको छ। निकै भव्य र सानदार रुपमा सम्पन्न यस कार्यक्रममा अन्य थुप्रै साहित्यकारज्यूहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण नागेन्द्र प्रसाद यादवले गर्नु भएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?